सीमा क्षेत्रमा बढ्यो चहलपहलः दशैँ मनाउन स्वदेश फर्कँदै नेपाली

२४ असोज ७८, सोमबार

२५ असोज, बुटवल ।

Advertisement

दशैँ सुरु भएसँगै सीमा क्षेत्र बेलहिया नाकामा चहलपहल बढेको छ । स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकामा चाडपर्व मनाउन भारतमा रहेका नेपालीहरू फर्कने क्रम बढेको छ ।

रोजगारी तथा अध्ययनका क्रममा भारतमा रहेका नेपालीहरू यतिबेला स्वदेश फर्किरहेका छन् । भारतमा रहेका नेपालीहरू चाडपर्वको बेला स्वदेश फर्कने गरेका छन् ।

Advertisement

गत वर्ष कोभिड–१९ को जोखिमका कारण स्वदेश फर्कने नेपालीको संख्यामा भने कमी आएको थियो । बडादशैँ सुरु भएसँगै दैनिक सात सय बढी नेपाली चाडपर्व मनाउन नेपाल प्रवेश गरिरहेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक नविन पौडेलले बताए ।

चाडपर्व सुरु भएसँगै नेपाल प्रवेश गर्ने नेपालीको संख्यामा वृद्धि भएको छ । स्वदेश फर्केका नेपालीलाई सहजता प्रदान गर्नका लागि बेलहियास्थित भैरहवा भन्सार कार्यालय नजिकै यात्रु नागरिक सहायता कक्ष राखिएको छ । त्यस्तै चाडपर्व सुरु भएपछि अहिले किनमेलका लागि भारतीय बजार सुनौली र नौतनवा पुग्ने नेपालीका कारण त्यहाँको बजार क्षेत्रमा समेत चहलपहल बढेको छ ।

Advertisement

त्यस्तै वडादशैँ, दिपावली र छठ पर्वलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले चाडपर्वलक्षित विशेष सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याएको छ । जिल्लाको शान्ति सुरक्षालगायत ट्राफिक व्यवस्थापनको लागि कार्यालयले योजना कार्यान्यवनमा ल्याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

योजनाअन्तर्गत कोरोना भाइरस, चाडपर्वमा हुन सक्ने विसंगती, विकृतीविरुद्ध प्रहरी परिचालन, सीमा क्षेत्रमा कडा चेकजाँचको व्यवस्था गरी तस्करीलाई कारवाही, प्रत्येक प्रहरी इकाइमा प्रहरी टोली (क्यूआरटी) को रुपमा राखी परिचालन गर्ने व्यवस्था मिलाउने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए ।

त्यस्तै चाडपर्वको समयमा पटका, आतसबाजीको प्रयोग गर्न नदिन र गर्नेलाई पक्राउ गरी कारवाही गर्ने, सबैखाले जुवाजन्य खेलहरू, चन्दा लगायतका गतिविधिहरूको सूचना संकलन गरी प्रहरी परिचालन, राजमार्गहरूमा रात्रीको समयमा सुरक्षाको व्यवस्था, बन्द रहने सरकारी कार्यालय, तथा संघ–संस्थाका सुरक्षा गार्ड–कार्यालय सहयोगीहरूसँग समन्वयसहितको सुरक्षा व्यवस्था मिलाउने थापाले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top