पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणप्रति प्रधानमन्त्री खुसी

२५ असाेज, गण्डकी।

प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा महानगरपालिका–१४ छिनेडाँडामा निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यप्रति सन्तुष्टि व्यक्त गरेका छन् ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन विमानस्थलको आज निरीक्षण पश्चात संक्षिप्त प्रतिक्रिया दिँदै उनले कोरोनाका समयमा पनि भइरहेको निर्माणले आँफुलाई खुसी लागेको बताएका हुन् ।

Advertisement

विमानस्थल सञ्चालनमा ल्याउन समस्याका रुपमा रहेको विमानस्थलको दक्षिणतर्फस्थित रिट्ठेपानी डाँडा काट्ने काम अघि बढाउन सरकारले सहजीकरण गर्ने प्रधानमन्त्रीले बताए। उनले भने, “विमानस्थलको भौतिक प्रगतिप्रति म खुसी छु, डाँडा कटानका लागि सरकारले सहजीकरण गर्छ ।”

प्रधानमन्त्री देउवालाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्देशक प्रदीप अधिकारीले हालसम्मको भौतिक प्रगति तथा निर्माणका क्रममा आइपरेका समस्याका बारेमा जानकारी गराए। उनका अनुसार हालसम्म ८५ प्रतिशत निर्माणकार्य सम्पन्न भएको छ ।

पूर्ववत् सम्झौताअनुसार गत साउनमा सम्पन्न हुनुपर्ने उक्त आयोजना विश्व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण निर्धारित समयमा पूरा हुन नसकेको हो। विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले आयोजनाको म्याद एक वर्ष थप भएकाले यस अवधिमा सबै काम सम्पन्न भएर विमानस्थल सञ्चालनमा ल्याउने तयारी रहेको जानकारी दिए ।

विमानस्थलको दुई हजार ५०० मिटर लामो धावन मार्ग (रनवे) गत वर्ष नै सम्पन्न भएको थियो। टर्मिनल भवन, एटिसी टावर, ह्याङ्गर लगायतका १४ वटा भवन निर्माण कार्य सम्पन्न भएर साजसज्जा र विद्युत तथा उपकरण जडान गर्ने काम भइरहेको छ ।

यसैगरी, ट्याक्सी–वे, ह्याङ्गर, एप्रोन, पार्किङ निर्माणलगायतका काम सम्पन्न भएको आयोजनाले जनाएको छ। विमानस्थलको मुख्य प्रवेशद्वारको सडक निर्माण सम्पन्न भएर सडकको बीच भागमा सडक बत्ती जडान गरिएको छ । जग्गा अधिग्रहणको ९९ प्रतिशत कार्य सकिएको बताइन्छ ।

विमानस्थल तीन हजार ८९९ रोपनी क्षेत्रफलमा फैलिएको छ। रु २२ अर्बको लगानीमा चीनको सिएएमसी ईञ्जिनिरिङ कम्पनीले विमानस्थल निर्माण गरिरहेको छ। विमानस्थलका लागि विसं २०३१ मा छिनेडाँडाको तीन हजार १०० रोपनी जमिन अधिग्रहण गरिएको थियो ।

प्रधानमन्त्रीको निरीक्षणका क्रममा आयोजनाका तर्फबाट रिट्ठेपानी डाँडा कटान, ल्याण्डफिल साइट र आयल निगमको डिपो निर्माण आदि काममा ढिलाइलगायतका विषयमा बुँदागतरुपमा जानकारी गराइएको आयोजना प्रमुख मुनकर्मीले बताए। उनले भने, “एप्रोचमा पर्ने रिठेपानी डाँडा कटान, ल्याण्डफिल साइट र आयल डिपो र वर्षातको समयमा नहरको पानीको समस्या समाधान गर्न ठोसरुपमा काम अघि बढ्न सकेको छैन, यसका सम्बन्धमा प्रधानमन्त्रीज्यूलाई ध्यानाकर्षण गराएका छौँ ।”

निरीक्षणका क्रममा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्री मणिभद्र शर्मा कंडेल, भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, कास्की कांग्रेसका सभापति कृष्ण केसीलगायतको उपस्थिति थियो ।

प्रधानमन्त्री देउवा विमानस्थको निरीक्षणपछि राजधानी काठमाडौँ फर्किएका छन्। उनी आइतबार साक्षर गण्डकी प्रदेश घोषणा कार्यक्रममा सहभागी बन्न पोखरा आएका थिए। पोखरा बसाइका क्रममा उनले उक्त कार्यक्रमका साथै नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाटमा व्यस्त भए । रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top