बालविवाह रोक्न २० वर्षसम्म विवाह नगर्ने छोरीलाई प्रोत्साहन भत्ता

२४ असोज ७८, सोमबार

२५ असाेज, चितवन।

चेपाङ समुदायमा बालविवाह बढेपछि यहाँको राप्ती नगरपालिकाले २० वर्षसम्म विवाह नगर्ने छोरीलाई प्रोत्साहन रकम दिन सुरुआत गरेको छ। नगरपालिकाले नीति बनाएर रकम वितरण गर्न सुरु गरेको हो ।

राप्ती–१३ लोथरकी सरिता प्रजाले प्रोत्साहनस्वरुप रु १५ हजार प्राप्त गरेकी छन्। नगरप्रमुख प्रभा बरालका अनुसार २० वर्षसम्म विवाह नगरी स्नातक अध्ययन गरिरहेकी प्रजाबाट प्रोत्साहन रकम वितरणको सुरुआत गरिएको हो। उनले भनिन्, “२० वर्षका उमेरमा तीन सन्तान बोकेर आमा आउने गरेपछि बालविवाह निरुत्साहित गर्न प्रोत्साहन रकम दिन थालेका हौंँ ।”

Advertisement

उनका अनुसार पढ्दा पढ्दै ११ वर्ष देखिनै चेपाङ छात्रा विवाह गरेर जाने गर्दछन्। यसका कारण बीचैमा पढाइ छोड्ने गरेको उनी बताउँछिन्। केही वर्ष अघिसम्म भर्ना दर ९० प्रतिशत रहेकामा हाल शतप्रतिशत भए पनि बीचैमा पढाइ छोड्ने धेरै भएको नगरप्रमुख बराल बताउँछिन् ।

धेरैले कक्षा ८ सम्म पढेपछि पढाइ छोड्ने गरेका छन्। बीचमानै पढाइ नछोड्नु र उमेर पुगेपछि मात्र विवाह गरुन भन्ने उद्देश्यले नगरपालिकाले यसै वर्षबाट प्रोत्साहन रकम दिने नीति बनाएको हो। सो नगरपालिकाको वडा नं १०, ११, १२ र १३ मा चेपाङ समुदायको बाहुल्यता छ ।

नगरपालिकामा ६४ हजार ८२० जनसङ्ख्या रहेकामा ८ हजार चेपाङ समुदाय रहेका छन्। आर्थिक हिसाबले पछाडि परेका चेपाङलगायतका समुदायका लागि नगरपालिकाले तीन छात्रबास सञ्चालन गरेको छ भने लक्ष्मी प्रतिष्ठान नामक संस्थाले एउटा छात्रबास सञ्चालन गर्दै आएको छ ।

छात्रबासमानै रहेर अध्ययन गर्दागर्दै विवाह गरेर माथिल्ला कक्षामा छात्राको सङ्ख्या घट्दै जाने गरेको उनले जानकारी दिइन्। उनले भनिन्, “हाम्रो यहाँ बच्चाले बच्चा पाउने गर्दछन् । यसलाई रोक्न हामी लागि परेका छौ ।” रासस

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top