सुरक्षा गार्डलाई गोली हानेर सिटिजन बैंक कर्सियामा लुटपाट

२५ असाेज, विराटनगर ।

Advertisement

मोरङको धनपालथान गाउँपालिकास्थित कर्सिया बजारमा सुरक्षा गार्डलाई गोली प्रहार गरी सिटिजन बैंक लुटपाट भएको छ । स्थानीयका अनुसार पाँचजनाको समूहमा आएका लुटेरा समूहले बैंकका सुरक्षा गार्डमाथि गोली चलाएर बैंकमा लुटपाट गरेका हुन् ।

प्रहरी स्राेतका अनुसार घटनामा संलग्न भएको आशंकामा तीन जना पक्राउ परेका छन् । मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले यसबारे अनुसन्धान थालिएको बताए ।  घटनाको बारेमा थप जानकारी भने आउन बाँकी छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top