×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

माेरङमा सुरक्षा गार्डलाई गोली हानेर बैंक लुट्ने प्रयास, ३ जना पक्राउ

२५ आश्विन २०७८

२५ असाेज, विराटनगर।

मोरङको धनपालथान गाउँपालिकास्थित कर्सिया बजारमा भारतीय लुटेराको समूहले सिटिजन बैंक लुट्ने प्रयास गरेकाे छ । तर, उनीहरुको प्रयास भने असफल भएको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement

स्थानीयका अनुसार दिउँसो करिब ४ बजेको समयमा पाँचजनाको समूहमा आएका लुटेरा समूहले बैंकका सुरक्षा गार्डमाथि गोली चलाएर बैंकमा लुटपाटकाे प्रयास गरेका थिए ।

लुट्न आएको समूहलाई सुरक्षागार्डले रोक्न खोजेका थिए। उनीहरु गार्डमाथि गोली प्रहार गरेर लुटपाट गर्न भित्र छिरेका थिए। गोली चलेपछि स्थानीय प्रहरी बैंकमा पुगेको थियो। प्रहरी पुगेपछि लुटेराहरु गोली चलाउँदै भागेका थिए। भाग्ने क्रममा ३ जनालाई नियन्त्रणमा लिइएको प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता एसपी नविनराज राईले जानकारी दिए।

लुटेरा समूहको गोली लागेर बैंकका सुरक्षा गार्ड घाइते भएका छन् । उनको गर्धनमा गोली लागेको र अहिले विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ। लुटेरा समूहका १ जना पनि गोली लागेर घाइते भएको छन्।

एसपी राईले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top