इजरायलले छान्याे नेपालबाट लैजाने १ हजार कामदार

२५ असाेज, काठमाडौँ ।

इजरायलले नेपालबाट लैजाने एक हजार कामदार छनोट गरेको छ । नेपालमा भएको छनोट प्रक्रियामा विभिन्न चरण पार गरी एक हजार ६०० नेपालीलाई सूचीकृत गरिएकोमा ती मध्ये एक हजार जनाको नाम गोलाप्रथाबाट छनोट गरिएको हो । मंगलबार इजरायलको जेरुसेलममा गरिएको गोलाप्रथाबाट छनोट भएका नेपालीको नाम वैदेशिक रोजगार विभागमा पठाइसकेको छ ।

इजरायले नेपालबाट एक हजार ‘एक्जुलरी वर्कर्स’ अर्थात् मुख्य कामदारलाई सहयोग गर्ने सहायक कामदारको रुपमा लैजान एक वर्षअघि प्रक्रिया थालेको थियो । उक्त प्रक्रियामा सुरुआतमा ९ हजार ७ सय नेपालीले आवेदन दिएका थिए ।

Advertisement

त्यसपछि अंग्रेजी भाषाको जाँच, अध्ययन गरेको दस्तावेजलगायत अन्य प्रक्रिया पूरा गरेर १६ सय जना छनोट भएका हुन् । त्यसमध्ये गोलाप्रथाबाट एक हजारलाई छनोट गरिएको हो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले इजरायली पक्षबाट एक हजार जना नेपालीहरुको नाम आइसकेको बताए । उनले नाम आएका व्यक्तिहरुको अब मेडिकल परीक्षण र प्रहरी रिपोर्ट आएपछि इजरायल जानको लागि तयार हुने बताए ।  छनोट भए पनि मेडिकल परीक्षणको रिपोर्ट र प्रहरी रिपोर्टमा गलत आएमा इजरायल जान पाइँदैन ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top