×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026
Playing
Iranमा अन्तिम हम लाः Trumpको तयारी वा भारी भूल? USS Boxer मध्यपूर्व आउँदै || Nepal Times
Mar 21, 2026
Playing
डिएगो गार्सियामा इरानको हम ला, इज रेलमा मि साइल व र्षा, इरा नले यु द्ध विराम नगर्ने|| Nepal Times
Mar 21, 2026
Playing
World News: यु द्धकैबिच इरानीले मनाए इद, आणविक भण्डार कब्जा गर्न विशेष अपरेसनको तयारीमा ट्रम्प
Mar 21, 2026
Playing
हर्मुज’मा चिनियाँमाथि आ क्र मण, यु द्ध छिटै समाप्त हुने Netanyahuको दाबी || Nepal Times
Mar 21, 2026
Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026
Playing
आयरल्यान्डले नेपालमा सिरिज खेल्ने, पाँच वर्षे रणनीतिक साझेदारी घोषणा|| Nepal Times
Mar 21, 2026

भारतसँगको सीमा विवादमा कुरै सुन्दैन चीन

२५ आश्विन २०७८

२५ असाेज, काठमाडाैँ ।
नेपाली भूभाग अतिक्रमण गरेर नेपालसंगको वर्षौदेखिको सीमा विवाद समाधान गर्न चासो नदेखाएको भारत त्यसको विपरित चीनसंगको सीमा विवादका कारण भने रन्थनिएको छ । भारतले नेपाली भूभाग कब्जा गरेर जति पीडा नेपाललाई दिएको छ यही प्रकृत्तिको पीडा चीनबाट भारतले खेपिरहेको छ ।

भारत र चीनबीच पूर्वी लद्दाखमा एलएसी अर्थात् वास्तविक नियन्त्रण रेखामा रहेको सीमा विवाद समाधान गर्न आइतवार भएको १३ औँ चरणको वरिष्ठ सैन्य कमान्डरको स्तरको वार्ता पनि निष्कर्षविहीन रहेपछि भारत थप चिन्तित देखिएको छ । चीन एलएसीमा यथास्थिति बहाल गर्न तयार नभएको भारतले बताएको छ । अहिले पूर्वी लद्दाखमा एलएसीमा दुई देशबीच हटस्प्रिङ्स, डेपसाङ्गबल्ज र चार्डिङ्ग नुल्लाह जन्क्शनलाई लिएर विवाद छ ।

Advertisement

यो वार्तापछि दुई देशका सेनाको तर्फबाट विज्ञप्ति जारी गरिएको छ । भारतले स्थितिको गलत आँकलन गर्नुको साटो वार्तालाई लक्ष्यसम्म पुर्याउनुपर्ने बताएको छ । भारतीय सेनाले भने चीनसँग रचनात्मक सल्लाह राखिएको तर ऊ मान्नकालागि तयार नभएको बताएको छ । चीनले भने भारतले पूरै मामिलामा अनुचित र अवास्तविक माग राखेको विज्ञप्तिमा जनाएको छ ।

भारतका सेना प्रमुख जनरल मनोज मुकुन्द रनवणेले गएको हप्ता चीनले एलएसी नजिक ठूला पूर्वाधारहरू बनाइरहेको र त्यहाँका सेना दोस्रो हिउँदमा पनि पछि नहट्ने सोचिरहेको आफूलाई लागिरहेको बताएका थिए । नरवणेले यदि चीनपछि नहटे भारत पनि पछि नहट्ने बताएका थिए । उनले बताए जस्तै चीन आफ्नै अडानमा अडिक देखियो ।

चीनको तर्फबाट जारी गरिएको विज्ञप्तिमा भारतले अनुचित र अवास्तविक माग उठाइरहेको र अवस्थाझन् कठिनबनिरहेको देखिएको उल्लेख छ । चीनले भारतलाई कुनै पनिपरिस्थितिको गलत आकलन नगर्न चेतावनीदिएको छ । चीनको पिपुल्स लिबरेशन आर्मी (पीएलए) वेस्टर्न थिएटर कमान्डका प्रवक्ता सिनियर कर्णेल लङ्गशाहोआका अनुसार दुई देशबीचको यो वार्ता मोल्दो–चुशूलमिटिङ प्वाइन्टमा चिनियाँ क्षेत्रमाभएको हो ।

चीनले सीमामा जारी गतिरोध अन्त्यगर्न र तनाव हटाउन धेरै प्रयास गर्यो र दुई देशका सेनाबीच राम्रो सम्बन्ध बनाइ राख्न आफ्नो तर्फबाट पूरै इमान्दारी देखाइयो तर भारतले अवास्तविक माग मात्र उठाइरह्यो भन्दै लङ्गले जारी विज्ञप्तीमा भनेका छन् । यसरी चिनियाँ अधिकारीले सीमाका बारेमा भारतको अडान वा मागलाई नै अनुचित भनिदिएपछि तत्काल लद्याखको विवाद साम्य हुने संकेत देखिदैन ।

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top