×

NEPAL TIMES UPDATES

Playing
विश्व यु द्ध टर्याे, पाकि स्तानले गरायो यु द्धविराम, इरा न मा विजयोत्सव|| Nepal Times
Apr 08, 2026
Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026

प्रदेश नं १ का सबै जिल्ला अस्पतालको स्तरोन्नति गरिने

१३ श्रावण २०७५

विराटनगर, साउन १३
प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले सरकारी अस्पताललाई पहिलो उपचार केन्द्रका रुपमा विकास गर्ने योजनानुसार काम प्रारम्भ गरेको छ । गत फागुन ३ गते स्थापित मन्त्रालयले प्रदेशका १४ वटै जिल्लाका अस्पतालको स्तरोन्नति गर्न र गामीण क्षेत्रमा चिकित्सकको सेवा उपलब्ध गराउन उच्च प्राथमिकता दिएको छ ।

मन्त्रालयले ग्रामीण क्षेत्रका जनताको सेवालाई निरन्तरताका लागि दीर्घकालीन कार्यक्रमअन्तर्गत ग्रामीण क्षेत्रका गरीब तथा जेहेन्दार विद्यार्थीलाई विशेष सहुलियत दिएर एमबिबिएस अध्ययन गराउन सहयोग गर्ने योजना तथा कार्यक्रम बनाएको छ ।

Advertisement

एमबिबिएस अध्ययन सकेपछि कम्तीमा पाँच वर्ष ग्रामीण क्षेत्रमा बसेर काम गर्न करार गराइने छ । पूर्व क्षेत्रको विराटनगरमा रहेको कोशी अञ्चल अस्पतालमा विशिष्टीकृत स्वास्थ्य सेवा उपलब्ध गराउन शिक्षण अस्पतालका रुपमा विकास गर्ने योजनानुसार प्रारम्भिक काम अस्पताल सुदृढीकरणबाट थालिएको छ ।

सोअनुसार मुटुरोग सेवा, प्रयोगशाला, नाक, कान, घाँटी उपचार सेवा, अर्बुदरोग उपचार सेवा जस्ता पुनःसञ्चालन गरिनाका साथै नशा उपचारका लागि बहिरङ्ग सेवा प्रारम्भ गरिएको छ ।

अस्पतालले मासिक आम्दानी करीब रु २० लाख गरेको पाइएको छ । मन्त्रालयले शिक्षण अस्पताल सञ्चालनका क्रममा यसै वर्ष एमडी र अर्को वर्षदेखि एमबिबिएसका कक्षा थालनी गर्ने मन्त्रालयका कर्मचारी गोपीप्रसाद घिमिरेले बताए ।

स्वास्थ्य क्षेत्रमा देखिएका जटिलताको समस्या पहिचान तथा नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले मन्त्रालयले विसं २०७५ वैशाख १ गतेदेखि स्वास्थ्य प्रवद्र्धन वर्ष –२०७५ मनाउने कार्य थालनीसँगै प्रदेशभरी योग शिविर, सरसफाइ अभियान, ट्राफिक सचेतना कार्यक्रम गरेको छ ।

योग र प्राकृतिक चिकित्साको माध्यमबाट प्रतिरोधात्मक रोग नियन्त्रण र स्वास्थ्य प्रवद्र्धनमा पनि मन्त्रालयले ध्यान दिनेछ । जिल्ला अस्पतालको सेवालाई एकीकृत गरी आयुर्वेद, होमियोप्याथी र प्राकृतिक चिकित्सा प्रणालीसमेत सञ्चालन हुने प्रबन्ध मिलाइने योजना मन्त्रालयको छ ।

गाउँघर र विकट पहाडी क्षेत्रमा स्वास्थ्य सेवाको पहँुचभन्दा टाढा रहेका नागरिकलाई स्वास्थ्य सेवा पु¥याउनका लागि प्रदेश मन्त्रालयले पाँचथरको रवी, संखुवासभाको धर्मदेवी मुढेशनिश्चरे, खोटाङको रावाबेंसी र ओखलढुंगामा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरी करीब ५० हजार जनालाई सेवा प्रदान गरेको मन्त्रालयका कर्मचारी घिमिरेले बताउनुभयो ।

मन्त्रालयले प्रदेशमा स्वास्थ्य क्षेत्रमा स्वास्थ्यकर्मीको विवरण अद्यावधिक गर्नु, १४ वटै जिल्लामा स्वास्थ्य शिविर सञ्चालन गर्नु, बाल विवाह अन्त्यका लागि सचेतना अभियान सञ्चालन गर्नु, स्वास्थ्य सरसफाइ तथा शिक्षासम्बन्धी जनचेतनामूलक सडक नाटक सञ्चालन गर्नु, किशोरीका लागि महिनावारी स्वास्थ्य अभियान सञ्चालन गर्नु, निजी अस्पताल तथा नर्सिङ होमको नियमन गर्नु सकारात्मक देखिएको छ ।

Advertisement

त्यस्तै पक्षाघात भएका बिरामीका लागि स्वास्थ्य सुधारका लागि कोशी अञ्चल अस्पतालसँग समन्वय गरी उपचार कार्यक्रम सञ्चालनबाट ३५ जना लाभान्वित हुनु र सरसफाइ अभियानकै रुपमा सञ्चालन गर्दै सार्वजनिक शौचालय गाउँघर, आँगन सफा राख्नका लागि विभिन्न संघसंस्थाको सहकार्यमा चेतनामूलक, प्रवद्र्धनात्मक तथा नियमक क्षेत्रमा कार्ययोजना बनाई अभियान थालनी गर्नु मन्त्रालयको गठन भएको पाँच महीनाको उपलब्धिलाई नागरिकले खुशीका रुपमा लिएको पाइएको छ ।
रासस

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top