भारतीय एलपी ग्यास बोकेको टयाँकरबाट एक क्विन्टल गाँजा बरामद

२७ असोज ७८, बिहीबार

२८ असोज, वीरगञ्ज ।
पर्सा प्रहरीले भारतीय ग्यास बुलेटबाट एक क्विन्टल २० किलो गाँजा बरामद गरेको छ ।

Advertisement

प्रहरीले वीरगञ्ज महानगरपालिका–२५ आईसिपी गेट अगाडि रोकी राखिएको एन एकल ०१ के ०७५४ नम्बरको एलपी ग्यास बोकेको टयाँकरबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो ।

जाँच गर्नेक्रममा प्रहरीले चालक बस्ने क्याबिन भित्र लुकाई राखिएको अवस्थामा गाँजा बरामद गरेको थियो ।

Advertisement

बरामद गरिएको गाँजासहित ट्यांकरलाई नियन्त्रणमा लिएर लागुऔषध कसुरमा कारवाही प्रक्रिया अघि बढाइएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए । फरार रहेका ट्यांकरका चालकको खोजी भइरहेको उनले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top