×

NEPAL TIMES UPDATES

Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026
Playing
World News: अमेरिकी र इरानी इस्लामाबादमा एउटै टेबलमा,खामेनीले भने इरानले विश्वलाई चकित पार्याे
Apr 10, 2026
Playing
बालेन सरकारको निर्णयविरुद्ध विद्यार्थी आ*न्दोलित, कालापानी पनि एजेण्डा|| Nepal Times
Apr 10, 2026
Playing
अंश विवादको भया वह अ न्त्य, ४२ वर्षीया महिलाको ह त्या, भान्जा प क्रा उ || Nepal Times
Apr 10, 2026

यसपालि खुल्यो कालभैरव मन्दिर, विगतभन्दा दर्शनार्थीको भीड बढ्दो

२८ आश्विन २०७८

२८ असोज, बागलुङ । नवरात्र सुरु भएदेखि नै दर्शनार्थीको घुइँचो लागेको बलेवा कालभैरवको मन्दिरमा यस वर्षको नवमीमा विगतका वर्षमा भन्दा धेरै भक्तजनको घुइँचो लागेको छ ।

यहाँ अवस्थित कालभैरवको दर्शन गर्न गण्डकी प्रदेशका अधिकांश जिल्ला तथा छिमेकी प्रदेशबाट समेत दर्शनार्थी आएका छन् । आफूले गरेका भाकल पूरा हुने जनविश्वास रहेकाले बलेवाका कालभैरवको दर्शन गर्न आउने गर्दछन् ।

Advertisement
Advertisement

अघिल्ला दुई वर्ष कोरोना महामारीले सुनसान जस्तै बनेको बागलुङ नगरपालिका– १२ अमलाचौरमा रहेको प्रसिद्ध कालभैरव मन्दिरमा नवरात्र सुरु भएपछि दर्शन गर्नेको चहलपहल बढेको यस मन्दिरको व्यवस्थापन गुठीले जनाएको छ ।

बागलुङ नगरपालिका–१२ का वडाध्यक्ष गुरुदत्त पाठकले दुई वर्षपछि मन्दिर खुलेकाले यस वर्ष यहाँका स्थानीय तथा अन्य दर्शनार्थी खुसी भएको बताए ।

यहाँ विशेषगरी नवरात्रको सुरुआतदेखि मन्दिरमा दर्शनार्थी पुग्ने गर्छन् । यहाँ नवमीको दिन मात्रै पाँच हजार धेरै दर्शनार्थीले पूजाआजा गरेका छन् ।

बलि र साधारण दुवै पूजाका लागि यहाँ दर्शनार्थी पुगेका हुन् । बलेवा कोटको पूजा र कालभैरवको दर्शनका लागि पुग्नेहरुको सङ्ख्या उल्लेख्य रहेको स्थानीयवासी राम पाठकले बताए ।

तत्कालीन बलेवा कोट अन्तर्गतका हालका ६ वटा वडाका अधिकांश सर्वसाधारण नवमीकै दिन बलेवा कालभैरवको मन्दिर दर्शनका लागि पुग्ने गरेका हुन् ।’

हाम्रो पूजाआजा र भेटघाट गर्ने थलो हो भैरवस्थान, पुराना साथीभाइ र इष्टमित्र भेटघाट यहीँ हुन्छ वर्षमा एक पटक,’ बलेवाका इन्जिनियर विनोद शर्माले भने।

यहाँ दसैँमा हाँस, कुखुरा, बोका, पाडाको बलि दिइन्छ भने चामलको पीठोको रोट तथा नरिवल भैरवलाई प्रसादस्वरुप चढाउने प्रचलन छ ।

धार्मिक तथा पर्यटकीय क्षेत्र कालभैरव मन्दिर पुग्ने सडक निर्माण भएपछि पहिलेको भन्दा धेरै दर्शनार्थी यहाँ पुग्ने गरेको स्थानीयवासीको अनुभव छ ।

मन्दिर परिसरको व्यवस्थापन, बलि र रोटको राम्रो व्यवस्थापन गरिएकाले पनि दर्शनार्थीले सहजै यहाँ पूजाआजा गर्न सक्छन् । ध्वजाले पुरिएको कालभैरवको मूर्ति देख्न पाइँदैन । गुप्त रहेको मूर्तिमा पूजाआजा गर्दा भाकल गरेको सबै प्राप्ति हुने जनविश्वास छ ।

यस्तै बागलुङ कालिका भगवती मन्दिरमा पनि दर्शनार्थीको भीड लागेको छ । भीड नियन्त्रणका लागि गुठी व्यवस्थापन समितिले स्वयंसेवक परिचालन गरेको छ । बलेवा कोटअन्तर्गतका वडाहरुमा नयाँ धानको चामल खाने र नयाँ धान काट्न सुरु गर्ने शुभ दिनसमेत तोकिएको छ ।

Advertisement

हरेक वर्ष नवमीका दिन बलेवा क्षेत्रका ज्योतिष तथा पण्डितहरुको भेला बलेवा कोटमा बसेर नयाँ चामल खाने (न्वागी) तथा धान काट्ने उत्तम साइत (पुली लिने) दिन तोक्ने प्रचलन छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top