चेन्नईलाई चौथो पटक आईपीएलकाे उपाधि

३० असाेज, एजेन्सी ।

चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ को उपाधि जितेको छ । शुक्रबार दुबईमा भएकाे फाइनलमा चेन्नईले कोलकता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चौथो पटक च्याम्पियन बनेको हो । च्याम्पियन चेन्नईले २० करोड भारु र उपविजेता कोलकताले १२ करोड ५० लाख भारु पुरस्कार पाउने छन् ।

जितको लागि १ सय ९३ रनको विजयी लक्ष्य पछ्याएको कोलकताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन बनायो । कोलकता ओपनर सुभमन गिलले ४३ बलमा ६ चौका सहित सर्वाधिक ५१ रन बनाए । अर्का ओपनर वेंकटेश ऐरले ३२ बलमा ५ चौका र ३ छक्का सहित ५० रनमा आउट भए ।

Advertisement

कोलकतालाई ओपनर ऐर र गिलले पहिलो विकेटका लागि १०.४ ओभरमा ९१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तर त्यसपछि लगातार विकेट गुमाउँदै पराजित हुन पुगेको हो । नितिश राणा शून्य, सुनिल नाराायण २, कप्तान ओईन मोर्गन ४, दीनेश कार्तिक ९ र सकिब अल हसन शून्यमा आउट भए । तल्लोक्रमका शिवम माभीले १३ बलमा १ चौका र २ छक्का सहित २० रन बनाए । लोकी फर्गुसनले १८ रन बनाए ।

चेन्नईका शार्दूल ठाकुरले सर्वाधिक ३ विकेट लिए । रविन्द्र जडेजा र जोश हेजलवुडले २–२ विकेट लिए । डवेन ब्राभो र दीपक चाहरले १-१ विकेट लिए ।

Advertisement

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ९२ रन बनाएको थियो । चेन्नईका ओपनर फाफ डु प्लेसिसले ५९ बलमा ७ चौका र ३ छक्का सहित सर्वाधिक ८६ रनको योगदान दिए । मोईन अली २० बलमा २ चौका र ३ छक्का सहित ३७ रनमा अविजित रहे ।

चेन्नईलाई ओपनर ऋतुराज गायकवाड र डु प्लेसिसले पहिलो विकेटका लागि ८.१ ओभरमा ६१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । ऋतुराजलाई स्पिनर सुनिल नारायणले शिवम माभीबाट ३२ रनमा क्याच गराउँदै साझेदारी तोडेका थिए । ऋतुराजले २७ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

त्यसपछि क्रिजमा आएका अनुभवी ब्याटर रोबिन उथप्पाले १५ बलमा ३ छक्का सहित ३१ रन जोड्दै आउट भएका थिए । उनी नारायणको बलमा एलबीडब्लू आउट भएका थिए । तेस्रो विकेटका लागि मोईन अली र फाफ डु प्लेसिसले ६८ रनको साझेदारी गदै विशाल योगफलमा पुर्याएका थिए । डु प्लेसिस अन्तिम बलमा क्याच आउट भएका थिए । कोलकता स्पिनर सुनिल नारायणले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । शिवम माभीले १ विकेट लिए ।

यसअघि चेन्नईले २०१० मा मुम्बई इन्डियन्सलाई २२ रनले पराजित गर्दै पहिलो पटक च्याम्पियन बनेको थियो । २०११ मा चेन्नईले बेंगलोरलाई ५८ रनले पराजित गर्दै लगातार उपाधि जितेको थियो । २०१८ मा हैदराबादलाई ८ विकेटले पराजित गर्दै चेन्नई तेस्रो पटक च्याम्पियन बनेको थियो । चेन्नई २००८, २०१२, २०१३, २०१५ र २०१९ मा उपविजेता बनेको थियो ।

Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top