३० असोज, काठमाडौं ।
कोरोनाविरुद्ध खोपको पूर्ण मात्रा लगाएकाहरु नोभेम्बर ८ अर्थात आउने कात्तिक २२ गतेदेखि अमेरिका जान पाउने भएका छन् ।
कोरोनाको पूर्ण डोज खोप लगाएका विभिन्न ३३ देशका यात्रु आउँदो कात्तिक २२ गतेदेखि अमेरिका जान पाउने अमेरिकाले जनाएको छ । यो नियम हवाईमार्ग वा सडक मार्ग भएर अमेरिका जाने दुवैमा लागू हुने बीबीसीले जनाएको छ।
तर कोरोनाको पूरै डोज खोप भने अनिवार्य रुपमा लगाउनुपर्नेछ । नयाँ नियम अनुसार खोपको पूरै डोज लगाएका र ७२ घण्टा अगाडिको कोरोना भाइररस परीक्षणको रिपोर्ट नेगेटिभ आएकाहरुका लागि अमेरिका प्रवेशका लागि अनुमति दिने जनाइएको छ ।
