×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

चर्को घाटामा आयल निगम, आपूर्ति व्यवस्थामा व्यवधान आउन सक्ने

१ कार्तिक २०७८

१ कात्तिक, काठमाडौं ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धि भएसँगै कारोबारको एकाधिकार पाएको नेपाल आयल निगमको घाटा चुलिएको छ । विश्व बजारमा कच्चा तेलको मूल्यमा भइरहेको अस्वाभाविक वृद्धिले विश्वभर नै पेट्रोलियम पदार्थको मूल्य आकाशिएको छ ।

Advertisement
Advertisement

आज मात्रै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ८५दशमलव ५८ अमेरिकी डलर पुगेको छ । पछिल्लो पटक अक्टोबर १६ मा इण्डियन आयल कर्पोरेशन (आइओसी) ले पठाएको नयाँ मूल्य सूचीअनु्सार निगमको घाटा थप बढ्ने देखिएको छ । गत असोज ३० गते आइओसीबाट प्राप्त खरिद मूल्यअनुसार निगमको पाक्षिक घाटा २ अर्ब २२ करोड रूपैयाँ नाघ्ने प्रक्षेपण गरिएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

आइओसीले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ७७ पैसाका साथै डिजेल र आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिलिटर समान सात रुपैयाँ नौ पैसा वृद्धि भएको छ । अक्टोबर १६ मा प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलको खरिद मूल्य प्रतिलिटर ७६ रुपैयाँ सात पैसा, डिजेल प्रतिलिटर ७८ रुपैयाँ २८ पैसा र आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिलिटर ७३ रुपैयाँ २४ पैसा पुगेको छ । एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डिर एक हजार ३७५ रुपैयाँ दुई पैसा कायमै छ । आइओसीले पछिल्लो १५ दिनमा एलपी ग्यासको मूल्य बढाएको छैन ।

पेट्रोलको खरिद मूल्य सम्पूर्ण सरकारी कर तथा मूल्य अभिवृद्धि कर (भ्याट) गरी ५६ रुपैयाँ ९८ पैसा, डिजेल ३९ रुपैयाँ ६६ पैसा, मट्टितेल १९ रुपैयाँ ६९ पैसा, आन्तरिक हवाई इन्धन १३ रुपैयाँ ११ पैसा, अन्तर्राष्ट्रिय हवाई इन्धन चार रुपैयाँ ६८ पैसा र एलपी ग्यास प्रतिसिलिण्डर २५० रुपैयाँ ८१ पैसा अतिरिक्त शुल्क लाग्ने गर्छ ।

पेट्रोलमा निगमको सम्पूर्ण खर्च एक रुपैयाँ ९६ पैसा, डिजेलमा एक रुपैयाँ ५६ पैसा, मट्टितेलमा एक रुपैयाँ ४६ पैसा, आन्तरिकतर्फ हवाई इन्धनमा प्रतिलिटर एक रुपैयाँ ४५ पैसा, अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनमा प्रतिलिटर एक रुपैयाँ ४३ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ११ रुपैयाँ ३८ पैसा जोडिएको छ ।

ढुवानी भाडा र बिक्रेताको मुनाफा गरी पेट्रोलको कूल लागत मूल्य प्रतिलिटर १४५ रुपैयाँ एक पैसा, डिजेलको प्रतिलिटर रु १२७ रुपैयाँ १६ पैसा, मट्टितेल प्रतिलिटर रु ९३ रुपैयाँ ४१ पैसा, आन्तरिकतर्फ हवाई इन्धन प्रतिलिटर ९० रुपैयाँ ५६ पैसा, अन्तर्राष्ट्रियतर्फ हवाई इन्धन प्रतिलिटर रु ८२ रुपैयाँ १३ पैसा र एलपी ग्यासको लागत मूल्य प्रतिसिलिण्डर एक हजार ९६१ रुपैयाँ ८८ पैसा रहेको छ ।

काठमाडौँमा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १३० रुपैयाँ तोकिएको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु ११३, आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर रु ८६, अन्तर्राष्ट्रियतर्फ हवाई इन्धन प्रतिलिटर रु ०।७७० अमेरिकी डलर र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ४५० तोकिएको छ ।

पेट्रोल बिक्रीबाट निगमलाई प्रतिलिटर १५ रुपैयाँ एक पैसा, डिजेल बिक्रीबाट १४ रुपैयाँ १६ पैसा, आन्तरिकतर्फको हवाई इन्धन बिक्रीबाट प्रतिलिटर चार रुपैयाँ ५६ पैसा र एलपी ग्यास बिक्रीबाट प्रतिसिलिण्डर ५११ रुपैयाँ ८८ पैसा घाटा हुनेछ । मट्टितेल र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा मात्र निमगलाई सामान्य नाफा रहेको छ ।

निगमलाई मट्टितेलको बिक्रीबाट प्रतिलिटर १९ रुपैयाँ ५९ पैसा र अन्तर्राष्ट्रिय हवाई इन्धन बिक्रीबाट प्रतिलिटर १० रुपैयाँ ३७ पैसा नाफा छ । १५ दिनमा पेट्रोल बिक्रीबाट ४० करोड ५३ लाख रूपैयाँ, डिजेल बिक्रीबाट १ अर्ब नौ करोड रूपैयाँ, आन्तरिकतर्फको हवाई इन्धन बिक्रीबाट ११ लाख रूपैयाँ र एलपी ग्यास बिक्रीबाट ७५ करोड ७० लाख रूपैयाँ गरी २ अर्ब २२ करोड ६ लाख रूपैयाँ घाटा हुने निगमको प्रक्षेपण छ ।

पन्ध्र दिनमा मट्टितेल बिक्रीबाट २ करोड ३३ लाख रूपैयाँ र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धन बिक्रीबाट ९५ लाख रूपैयाँ नाफा हुनेछ । मट्टितेल र अन्तर्राष्ट्रिय हवाई इन्धन बिक्री न्यून भएकाले घाटा पूर्तिमा खासै प्रगति हुन नसक्ने निगमको भनाइ छ ।

विश्व बजारमा भइरहेको इन्धनको मूल्य वृद्धिले निगमको घाटा न्यूनीकरण गर्ने प्रयासमा अवरोध खडा गरेको छ । विगतका घाटा न्यूनीकरण गर्दै नाफामा जान लागेको निगमलाई खरिद मूल्यमा भएको वृद्धिले चुनौती थपेको छ । छ/सात वर्ष अघिको ३७ अर्ब रूपैयाँ ऋण तिर्दै निगम बिस्तारै नाफामा गएको थियो । गत आवमा निगम फेरि करिब तीन अर्ब रूपैयाँ घाटामा गएको छ । पछिल्लो तीन महिनामा निगम ६ अर्ब रूपैयाँ घाटामा गएको प्रवक्ता उपाध्यायले बताए ।

निगम चर्को घाटामा गइरहँदा पेट्रोलियम आपूर्तिमा व्यवधान खडा हुनसक्ने आशङ्का गरिएको छ । निगम लगातार घाटामा गइरहेको अवस्थामा यसले आपूर्ति व्यवस्थामा पनि असर पार्न सक्ने निगमका अधिकारीको भनाइ छ ।

भारतमा भन्दा नेपालमा सस्तो
भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो रहेको छ । भारतीय बजार रक्सौलको तुलनामा नेपालतर्फ पेट्रोलमा प्रतिलितर ४८ रुपैयाँ ८२ पैसा, डिजलमा ५२ रुपैयाँ ७३ पैसा, अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिलिटर ०.०६ अमेरिकी डलर र एलपी ग्यासमा प्रतिसिलिण्डर १७५ रुपैयाँ ६५ पैसा सस्तोे छ ।

भारतीय सीमा क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १७७ रुपैयाँ ३२ पैसा, डिजेलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ २३ पैसा र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार ६०५ रुपैयाँ ६५ पैसा छ । सीमावर्ती क्षेत्र वीरगञ्जमा पेट्रोलको खुद्रामूल्य प्रतिलिटर १२८ रुपैयाँ ५० पैसा, डिजेलको मूल्य १११ रुपैयाँ ५० पैसा र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार ४३० रूपैयाँ छ ।

नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो हुँदा सीमावर्ती क्षेत्रबाट अवैधरुपमा भारततर्फ इन्धनकोे चोरी निकासी हुने सम्भावना बढेर गएको छ । सीमावर्ती क्षेत्रबाट हुने पेट्रोलियम पदार्थको चोरी तस्करी रोक्न निगमले बिक्रेतालाई कडा निर्देशन जारी गरेको छ । निगम र स्थानीय प्रशासनको सक्रियताका कारण पछिल्ला समय पेट्रोलियम पदार्थको चोरी तस्करी नियन्त्रणमा आएको छ ।

Advertisement

अशोक घिमिरे/रासस

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top