नेपालमा जलवायु परिवर्तनको असर, बेमौसमी वर्षाले जनजीवन प्रभावित

१ कात्तिक, काठमाडाैँ ।

आईबार राती देखिको बर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ । मनसुन बाहिरिदै गर्दा बंगालको खाँडीमा उत्पन्न भएको न्युन चापिय अवस्था र अफगानिस्तानमा पश्चिमी वायुको प्रभाव विकसित भएपछि त्यसको प्रभाव नेपालको पश्चिमि क्षेत्रमा बढी परेको हो । नेपालको पश्चिम क्षेत्रमा यस बर्षको बर्षायाममा भन्दा बढी बर्षा हुनुको साथै हावा हुरी पनि आएको छ । बर्षाले थन्काउने बेलाको धान नै पानीले डुबाएको छ । एकदुई दिनमै धान भित्र्याउने बेलामा वर्षाले धानबाली नष्ट गरेपछि किसानहरु वर्ष दिनसम्म के खाने भन्ने चिन्तामा डुबेका छन् ।

उत्तरतर्फ सरिरहेको मौसमी प्रभावले देशका सूदुरपश्चिम, कर्णाली र गण्डकीमा केही अधिक र अन्य प्रदेशका केही स्थानमा सामान्य वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा आईतवार रातिदेखि नै मौसम बदली हुनुका साथै केही स्थानमा वर्षा भइरहेको छ । यो क्रम मंगलवारसम्म पनि जारी रहने महाशाखाले जनाएको छ । मनसुन सकिने बेला बाढी पहिरो आउने गरि वर्षा हुनुलाई विज्ञहरुले जलवायु परिवर्तनको अशर भनेका छन् । मनसुन सकिएपछि हुने अप्रत्यासित वर्षाले धेरै मानवीय र भौतिक क्षति गराउने सम्भावना रहने विज्ञहरुले बताएका छन् ।

Advertisement

यसै सन्दर्भमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले मनसुन पछि हुने वर्षाले धेरै क्षती गर्ने बताए । उनले भने “यो खतरनाक किन हुन्छ भने मान्छेले मनसुन गईसक्यो भनेर बुझ्छ । अनि मुभमेण्ट बढाउँछ । त्यो मुभमेण्ट बढ्दा यस्तो नयाँ सिस्टम विकसित हुन्छ । त्यो नयाँ सिस्टम को प्रभाव मान्छेको आँकलन भन्दा बाहिर गएर आउने भएकाले हानी नोक्सानी बढी गर्ने र बढी गरिरहेको अवस्था पनि छ । ”

यस बर्षको मनसुन जुन ११ मा सुरु भएर अक्टोबर ११ मा बाहिरीएको थियो । सेप्टेक्बर २३ मा मन सुन बाहिरीनुपर्ने भएपनि केही बर्षदेखि सिप्ट भईरहेकाले नेपालले अक्टोबर २ लाई मनसुन बाहिरीने मिति तोकेको छ । तर एक साता बढी ढिला गरि नेपालबाट मनसुन बाहिरीएको थियो । मनसुन बाहिरीने प्रक्रिया संगै बंगालको खाडीमा न्युन चापिय अवस्था श्रृजना हुनु र अफगानिस्तानमा विकसित पश्चिमी वायुको प्रभावका कारण मनसुन सकिएपछि पनि वर्षा भएको विज्ञ उप्रेतीले बताए । मनसुन सकिएपछिको बर्षाका कारण सुदुरपश्चिमका विभिन्न क्षेत्रमा बाढी र पहिरोको घटनाको समाचार आउन थालेको छ । उनले भने “नेपालमा मनसुन जुनमा भित्रिने र अक्टुबरमा बाहिरीने गरेको अवस्था देखिएको छ । यस बर्ष ८ दिन ढिला गरि मनसुन बाहिरियो । मनसुन बाहिरीने प्रक्रिया नेपाल भारत हुदैभारतको साउथमा गएर टुंगिएर समुन्द्रमा जान्छ । तर मनसुन बाहिरिदै गर्दा बंगालको खाँडीमा एक खालको न्युन चापिय अवस्था उत्पन्न भयो र अफगानिस्तानमा पश्चिमी वायुको प्रभाव विकसित भयो र दुवै वायु एकआपसमा ठोक्कियो र त्यसबाट नेपालको पश्चिमि क्षेत्र बढी प्रभावित भयो । अहिले पुर्वदेखि पश्चिम सम्म नै यो बायुले निम्त्याएको प्रभाव देखिएको छ । मेलम्चिमा पनि फेरी बाढी आएर अस्थायी पुलहरु बगाएको छ ।”

Advertisement

उत्तरप्रदेश र उत्तराखण्ड राज्यमा रेड अर्लट

छिमेकी राष्ट्र भारतले उत्तरप्रदेश र उत्तराखण्ड राज्यमा रेड अर्लट जारी गरिसकेको छ । त्यहाँ २ सय मिलिमिटर भन्दा बढी बर्षा हुने आँकल गरिएको छ । यस्तै नेपालको पश्चिम क्षेत्र डडेलधुरामा गत २४ घण्टामा १ सय ७९ लिटर मिलिमिटर वर्षा भईसकेको छ । यो भारतको आँकडा सँग मिल्दोजुल्दो छ । यो अवस्था जलवायु परिवर्तनको अशर सँग जोडिने विज्ञ उप्रेतीले बताउनुभयो । नेपाल सरकार सँग मौसम जन्य विपद्को पूर्वसूचना चुस्त दुरुस्त नभएका कारण यस्ता वेमौसमी बर्षा लगायतका विपद्को क्षति न्युनीकरण गर्न नसकिएको उनले बताए। उनले सुचना प्रणालीलाई सरकारले नै उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

उनले भने “मौसम जन्य विपद्को पुवै सुचना प्रणालीलाई देशले नै कति महत्व दियो र योजनामा राख्दा कति बजेट छुट्यायो राष्ट्रले भन्ने कुरा जहिले पनि बहस र गुनासोकै विषय बनेको छ । जल तथा मौसम विज्ञान विभागको संरचनागत अवस्था पनि सबै प्रदेशमा पुगेको अवस्था छैन । साथै विभागले अहिले तापक्रम र पानीको ३ दिन पुर्वको सुचना दिने गरेको छ । त्यो सुचना पनि समुदायसम्म पुराउने पद्धतिलाई विस्तार गर्न सकिएको छैन । त्यसैले यो सुचनालाई समुदायसम्म लैजाने व्यवस्था गरिनुपर्छ जुन अहिले भएको छैन । हिमाली क्षेत्रमा कति हिउँ पर्दैछ भन्ने हामी भन्न सक्तैनौ । कहाँ कति पर्यो भन्ने पनि हामीसंग रेकर्ड छैन । कुन ठाउँमा कति हिउँ पग्लियो भन्ने पनि हामी भन्न सक्तैनौ । सबै नदी प्रणालीको पानीको वहाव नाप्ने संयन्त्रको विकास र विस्तार हुन सकेको छैन । केही नदी प्रणालीमा त पानीको तह नाप्ने स्टेशनहरु छन् तर कतिपय ठाउँमा खहरे खोलाहरु छन् । खहरे खोलाहरुमा आकस्मिक बाढी आउँछ । आकस्मिक बाढीको पुर्वसुचना त हामीसंग छदै छैन । त्यसको विस्तार र हिमाली नदी प्रणालीको पानीको वहाव नाप्ने संयन्त्रको विकास र विस्तार तथा त्यसको सुचना प्रणालीको विस्तार सबै क्षेत्रमा गर्नुपर्ने देखिन्छ । ”

क्षति कम गर्न अन्तरदेशीय सुचना सञ्चार बढी प्रभावकारी

जलवायु जन्य विपद्का घटना र पुर्वतयारी तथा क्षति न्युनीकरणका लागि अपनाउनुपर्ने सर्तकता लगायत विषयमा अन्तरदेशीय सुचना सञ्चार बढी प्रभावकारी हुने गरेको उनले उल्लेख गरे । तर अन्तरदेशीय सुचना सञ्चार प्रभावकारी हुन नसक्दा पनि विपद् पुर्वको सुचना प्राप्ती चुनौतिपुर्ण बनेको उनले बताए । डाक्टर उप्रेति अन्तरदेशीय सुचना सञ्चारमाथिको पहुँच विस्तारमा राजनीतिक तहमा नै प्रयास गरिनुपर्ने तर्क गर्छन्।

उनले भने “भोटेकोशीको माथि जलाधार क्षेत्रमा बाढी आयो भने चाईनाले एउटा चिठी दिन्छ । यहाँ धेरै पानी परेको छ । तपाईहरु सर्तक रहनुहोस् । भारतमा एकदमै कम्प्रिहेन्सीप सिस्टम छ । अहिलेको बर्षाबारे भारतले विभिन्न क्षेत्रमा रेड अर्लड नै जारी गर्यो । तर त्यो सुचना नेपालले पाएको अवस्था छैन । त्यो सुचना नेपालले पनि पाएको भए नेपालले आफ्नो समुदायमा सञ्चार तथा परिचालन गर्न सक्थ्यो । त्यो चुनौति हामीकहाँ छ । त्यसैले नेपालले भारत र चीनसंग अहिले राख्नुपर्ने विषय भनेको नै अन्तरदेशीय सूचना कसरी पाउने भन्ने नै हो । यो राजनीतिक तहबाटै गरिनुपर्छ ।”

Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top