प्रधानमन्त्री देउवाको पहिलो विदेश भ्रमण स्कटल्यान्ड

१ कात्तिक, काठमाडौं।

Advertisement

प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो विदेश भ्रमण स्कटल्यान्डबाट हुने भएको छ ।

प्रधानमन्त्रीले नोभेम्बर १–२ मा स्कटल्यान्डको ग्लास्गोमा हुने जलवायु परिर्वतनसम्बन्धी वर्ल्ड लिडर समिटमा भाग लिने टुंगो लागेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नोभेम्बर १–२ मा ग्लास्गोमा हुने सम्मेलनमा भाग लिन प्रधानमन्त्रीको नेतृत्वमा टोली जान लागेको जानकारी दिए। कोरोनाभाइरस महामारीका कारण ग्लास्गोमा तय भएको जलवायु सम्मेलन अघिल्लो वर्ष रोकिएको थियो ।

Advertisement

असार २९ गते प्रधानमन्त्रीको शपथ लिएका देउवाले यसबीचमा कुनै देशको भ्रमण गरेका छैनन् । पछिल्लो पटक प्रधानमन्त्री बनेपछि स्कटल्यान्ड भ्रमण नै उनको पहिलो विदेश भ्रमण हुने भएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top