नेपाल भ्रमण गर्ने एक मात्र अमेरिकी विदेशमन्त्री कोलिन पावेलको निधन

१ कात्तिक ७८, मंगलबार

१ कातिक, एजेन्सी।

अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको कोरोनाको संक्रमणको कारणको निधन भएको छ । उनकाे अमेरिकी समयअनुसार सोमबार बिहान कोरोनाबाट सिर्जित जटिलताको कारण निधन भएको परिवारले जनाएका छन् ।

अमेरिकाका पहिलो अश्वेत विदेशमन्त्री पावेल ८४ वर्षका थिए । पावेल लामो समयसम्म रिपब्लिकन पार्टीको विदेश नीति निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका थिए । उनी अमेरिकी सेनाका पूर्व सेनापति पनि हुन् । उनी अमेरिकाको पहिलो अश्वेत राष्ट्रिय सुरक्षा सल्लाहकार र सेनापति पनि हुन् ।

Advertisement

भियतनाम युद्धबाट शुरु भएको उनको सैनिक जीवन खाडी युद्धमा जीतपछि राष्ट्रियस्तरमा लोकप्रिय बनेको थियो । सन् १९९६ र सन् २००० मा पनि रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार बन्ने सम्भावना भएपनिचुनावी प्रतिस्पर्धामा खासै रुची नदेखाएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् ।

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको आक्रमणपछि शुरु भएको ‘आतंकवादविरुद्धको युद्ध’ मा पावेलकै नेतृत्वमा बुस सरकारले अन्तर्राष्ट्रिय समर्थन जुटाएको थियो ।

Advertisement

पावेल हालसम्म नेपाल भ्रमण गर्ने एकमात्र अमेरिकी विदेशमन्त्री हुन् । सन् २००२ मा पावेलले नेपालको औपचारिक भ्रमण गरेका थिए । नेपाल भ्रमण गर्ने पावेल उच्च अमेरिकी अधिकारी मध्येमा पर्छन् । माओवादी सशस्त्र विद्रोह सञ्चालन भइरहेको समयमा भएको उनको भ्रमणलाई चासोका साथ हेरिएको थियो ।

Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top