लिमी, हिल्सा क्षेत्रमा एकफिट हिउँ, तापक्रम माइनस चार

लिमी, हिल्सा क्षेत्रमा एकफिट हिउँ, तापक्रम माइनस चार

हुम्ला : चीनसँ गको सिमाना जोडिएको उत्तरी नाम्खा गाउँपालिकाको हिमालपारीको गाउँ लिमी, हिल्सा र यारी क्षेत्रमा हिमपात भएको छ । आईतबार बेलुकाबाट परेको बर्षासगै हिमपात सुरु भएको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले नाम्खा गाउँपालिकाको वडा नम्बर ५ को यारी र हिल्सा तथा ६ नम्बरको लिमीमा एक फिट भन्दा बढी हिउ जमेको बताउनुभयो ।

बर्षासंगै आएको हिमपात पर्ने क्रम सोमबार बेलुकासम्म जारी रहेकोले जमिनमा हिउ जम्ने क्रम अझै बढ्ने उहाँले बताउनुभयो । हिउ जमेर उक्त क्षेत्रको जमिन सेताम्मे भएको लिमी, हिल्सा र यारी प्रहरी चौकीबाट जानकारी प्राप्त भएको उहाँले बताउनुभयो ।

जमिनमा हिउ जमेसँगै सो क्षेत्रको तापक्रम माईसन चार डिग्रीमा पुगेकोले जनजीवन निक्कै कष्टकर भएको प्रहरीले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.