×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बालबालिकालाई खोपसँगै आँखा परीक्षण

२ कार्तिक २०७८

काठमाडौँ: अब पाँच वर्षमुनिका बालबालिकाका लागि खोपसँगै आँखाको परीक्षणसमेत हुने भएको छ । पहिलो चरणमा इटहरी नगरपालिकाबाट बालबालिका आँखा परीक्षण कार्यक्रम सुरु हुने भएको छ ।

खोप लगाउने उमेर समूहका बालबालिकाका लागि आँखा परीक्षण गर्न ‘बालबालिका कार्यक्रम राष्ट्रिय पाठ्यक्रम’समेत तय हुने भएको छ । खोप केन्द्रमा खोप लगाउन जाने बालबालिकाको खोपसँगै आँखा पनि नियमित परीक्षण गर्ने गरी पाठ्यक्रम तयार भइरहेको छ ।

Advertisement
Advertisement

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय तालिम केन्द्रको सहकार्यमा ग्लोबल आई हेल्थ र इटहरी उपमहानगरपालिकाको संयुक्त पहलमा सो पाठ्यक्रम तयार गर्न लागिएको हो । कार्यक्रममा ग्लोबल आई हेल्थका प्रमुख डा. बेन लिम्बूले खोप लगाउने बालबालिकाका लागि पाठ्यक्रमको तयारी अन्तिम अवस्थामा पुगेको बताउनुभयो । उहाँले दुई वर्षभित्र प्रदेश १ भर यो कार्यक्रम पु¥याइसक्ने जानकारी पनि दिनुभयो । नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रम सञ्चालन गर्ने स्वास्थ्यकर्मीलाई नै तालिम दिएर समुदायमा रहेका बालबालिकाको आँखा प्रारम्भिक परीक्षण गराउने गरी पाठ्यक्रममा राखिएको छ ।

स्वास्थ्यकर्मीले आँखा परीक्षण (स्क्रिनिङ) गरेपछि सम्भावित आँखाको जाँच गराउनुपर्ने भएमा अभिभावकलाई विशेषज्ञ चिकित्सककहाँ पठाउन सल्लाह दिनेछन् । नेपाल सरकारले बालबालिका स्कुल भर्ना हुनुअघि अनिवार्य आँखा जाँच गर्नुपर्ने नीति लिएको छ । नेपालमा पाँच वर्षमुनिका बालबालिकामा मोतीबिन्दु, जलबिन्दु, रेटिनोपेथी अफ प्रिमेच्युरेटी र कुपोषणले गर्दा आँखामा हुने समस्या धेरै छन् । त्यसैगरी दृष्टिदोष र अल्छी आँखा न्यून दृष्टिको मुख्य कारक रहेको छ । आँखारोग विशेषज्ञ प्राडा ओमकृष्ण मल्लले बालबालिकामा रहेको आँखाको समस्या सानै उमेरमा हल गर्न नसकेपछि त्यसलाई उपचार गर्न कठिन हुने बताउनुभयो ।

Advertisement

अप्थोमोलोजी सोसाइटीका अध्यक्ष डा. रोहित सैँजूले बच्चाको उमेरसँगै न्यून दृष्टि वा दृष्टिविहीन हुन सक्ने भएकाले सरकारको सहयोगमा हुने यो कार्यक्रम प्रभावकारी हुने बताउनुभयो ।,याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top