×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अक्सिजन प्लान्ट जडान नहुँदा बजेट फ्रिज

२ कार्तिक २०७८

काठमाडौँ: सरकारले अस्पताललाई छोटो प्रक्रियाबाट अक्सिजन प्लान्ट जडान गर्ने व्यवस्था गरिदिए पनि सबै अस्पतालले त्यसको उपयोग गर्न सकेका छैनन् ।

कतिपय अस्पतालमा प्लान्ट निर्माणाधीन अवस्थामा छन् भने कतिपय अस्पतालको प्लान्ट खरिद गर्न सरकारले दिएको बजेट पूरै फ्रिज भएको छ । कोरोना महामारीको दोस्रो लहरको समयमा प्रत्येक अस्पतालमा अक्सिजन अभावले गर्दा धेरै सङ्क्रमितको मृत्यु भएको थियो । उपचारका क्रममा सङ्क्रमितलाई अक्सिजन अभाव हुने र अक्सिजन नहुँदा सरकारले तत्काल अक्सिजन प्लान्ट निर्माण गर्न भन्दै सरकार मातहत रहेका अस्पताललाई बजेटसमेत विनियोजन गरिएको थियो ।

Advertisement
Advertisement

सार्वजनिक खरिद ऐनमार्फत अक्सिजन प्लान्ट खरिद गर्दा ढिलाइ हुने भएपछि कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश ल्याएर तोकेको स्पेसिफिकेसन र दरबमोजिम आधिकारिक बिक्रेता वा अन्तर्राष्ट्रिय संस्थासँग सीधै खरिद गर्न सकिने व्यवस्था गरिएको थियो ।

नेपालकै एकमात्र सरुवा रोग अस्पताल शहीद शुक्रराज ट्रपिकल अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्नका लागि सरकारले दिएको तीन करोड रुपियाँ फ्रिज भएको छ । अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले सरकारले दिएको रकम कत्ति पनि खर्च नभएको जानकारी दिनुभयो ।

उहाँले सरकारले दिनुभन्दा पहिल्यै एक गैरसरकारी संस्थाले टर्कीबाट सीधै अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिदिएको हुनाले सरकारले छुट्याएको रकम फ्रिज भएको बताउँदै भन्नुभयो, “स्थान तयार गर्न २२ लाख रुपियाँ खर्च भएको छ । ” उहाँले उक्त प्लान्टबाट अक्सिजन उत्पादन हुन थालिसकेको बताउनुभयो ।

अस्पतालका सूचना अधिकारी नवराज गौतमले उक्त प्लान्टबाट दैनिक ११५ देखि १२० सिलिन्डरसम्म अक्सिजन उत्पादन हुने गरेको बताउनुभयो । उहाँले अक्सिजन भर्न छुट्टै प्लान्ट आवश्यक पर्ने भएकाले उक्त प्लान्ट जडान गर्न बाँकी रहेको बताउनुभयो । उहाँले सेन्टर सप्लाईमार्फत अस्पतालमा उत्पादित अक्सिजन बिरामीमा प्रयोग भइरहेको जानकारी दिनुभयो ।

यता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सरकारले अक्सिजन प्लान्ट निर्माणका लागि १०३ वटा अस्पताललाई बजेट विनियोजन गरेको जानकारी दिँदै कतिपय अस्पतालले प्लान्ट निर्माण गरिसकेको र कतिपय अस्पताललाई प्लान्ट निर्माण गर्न दिइएको बजेट फ्रिज भएको बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केन्द्रीय अस्पताल, प्रादेशिक र जिल्ला अस्पतालमा कोभिड तथा अन्य रोगको उपचार गर्न सक्ने गरी पूर्वाधार विकास गर्ने भन्दै छ अर्ब ८१ करोड ८५ लाख रुपियाँ विनियोजन गरेको थियो ।

Advertisement

कोरोना महामारीको दोस्रो लहरमा अक्सिजन, भेन्टिलेटर र आईसीयू, एगडीयू शय्या नपाएर सङ्क्रमितको मृत्यु भएपछि कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट उक्त रकम छुट्याइएको थियो । सरकारले वीर अस्पताल, कान्ति बाल अस्पताल, शहीद शुक्रराज ट्रपिकल, शहीद गङ्गालाल, त्रिवि शिक्षण, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय ट्रमा सेन्टर, निजामती अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर अस्पताललगायतलाई तीन अर्ब ९० करोड १३ लाख रुपियाँ छुट्याएको थियो ।,याे समाचार गाेरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top