ढोरपाटन आरक्ष : नाउर र झारल सिकार गर्न खुला

१ कात्तिक ७८, मंगलबार

२ कात्तिक, बलेवा।

ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याम सुरु भएको छ । आजदेखि जङ्गली जनावर नाउर र झारल सिकार गर्न खुल्ला गरिएको सिकार आरक्ष कार्यालयले जनाएको छ ।

नेपालको एक मात्र वैधानिक सिकार क्षेत्र ढोरपाटनमा अनुमति लिएर सिकार गर्न विदेशका व्यावसायिक सिकारी ढोरपाटन आउने गर्दछन् । आवश्यक बन्दोबस्ती र मार्ग निर्देशनका लागि ढोरपाटन सिकार आरक्ष कार्यालय आफ्ना कर्मचारी र सिकारीका भरियाको बन्दोबस्ती मिलाएको छ ।

Advertisement

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस वर्षको पहिलो सिकारयामका लागि १० नाउर र ६ झारलको सिकार अनुमति दिएको छ । सोही अनुसार विदेशी सिकारी आरक्ष क्षेत्रमा पुगेका हुन् । आगामी कात्तिक २ गतेदेखि मङ्सिरसम्म सिकार पर्यटन जारी रहनेछ । विभागले हरेक वर्ष दुई याम गरी वार्षिक २० नाउर र ११ झारलको सिकार गर्न अनुमति दिने गर्छ ।

ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार पहिलो याममा नेपाल ट्राभल एक्पिडिसन, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाइफ फिटर र ट्र्याक एन्ड टे«ल्स कम्पनीमार्फत फ्रेन्च, युक्रेन, मेक्सिकन र रुसी सिकारीले नाउर र झारल सिकारका लागि अनुमति पाएका छन् ।

Advertisement

पहिलो याममा सेड, फागुने, घुस्तुङ, दोगाडी र सुनदह ब्लकमा सिकार हुनेछ । ढोरपाटन क्षेत्रमा बर्सेनि (असोज–मङ्सिर) पहिलो याम र (फागुन–वैशाख) मा दोस्रो याम गरी दुई चरणमा सिकार हुँदै आएको प्रमुख संरक्षण अधिकृत कँडेलले जानकारी दिए।

पेसेवर विदेशी सिकार कम्पनीका प्रतिनिधिसहितको टोली लिएर हेलिकप्टरमार्फत सिकार खेल्न आरक्षमा पुग्ने गर्छन् । गत वर्ष दुई याममा १८ नाउर र नौ झारलको सिकार भएको थियो ।आरक्षको फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ, सुर्तिबाङ र सुनदह गरी सात ‘ब्लक’ मा सिकार खेल्न अनुमति दिने गरिएको छ । खर्चिला र साहसी सिकारीले विकटमा रहेका ‘ब्लक’ मा सिकार खेल्न रुचि राख्छन् । सिकारीसहितको टोलीले १५ दिन जङ्गलमै समय बिताउँछन् ।

सो विभागले हरेक सिकार याममा विद्युतीय बोलपत्र आह्वान गरेर सिकारको कोटा र राजस्व दर निर्धारण गर्छ । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ ।

नाउर र झारलको मूल्य, ब्लक रिजर्भ, लाइसेन्स, हेलिकप्टर सबै बन्दोबस्तीको सामग्री तयार गर्दा एकजना सिकारीले करिब रु २० देखि २२ लाख खर्च गर्ने सिकार पर्यटन व्यवसायी अमृत थापाले जानकारी दिए । सिकार पर्यटनलाई पनि कोरोनाले असर गरेको छ । नेपालमा कोरोनाको त्रासले गर्दा विगतमा जस्तो प्रतिस्पर्धा नभएको र जति धेरै सिकारीको आउने इच्छा गर्दछन्, त्यति नै राजश्व सङ्कलन हुने उनले बताए । रासस

Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top