ओलीलाई रावलको जवाफ: १० बुँदे ‘एकतारे’ होइन देशहितको लागि बजाइएको ११ तारे विगुल हो

४ कात्तिक, काठमाडाैँ ।

नेकपा (एमाले)का उपाध्यक्ष डा.भीम रावलले १० बुँदे सहमति ‘एकतारे’ नभई पार्टी एकता बचाएर देशहितको लागि बजाइएको ११ तारे विगुल भएको बताएका छन्।

अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि गरिएको १० बुँदे सहमति अर्थहीन रहेको अभिव्यक्ति दिएपछि त्यसकाे जवाफ दिँदै उपाध्यक्ष रावलले यस्ताे बताएका हुन् ।

रावलले सामाजिक संजाल ट्विटमा लेखेका छन्, ‘१० बुँदे सहमति ‘एकतारे’ होइन पार्टी एकता बचाएर देशहितको लागि बजाइएको ११ तारे विगुल हो। यसको धुन संस्थागत भइसकेको छ। सबैले ठण्डा दिमागले सुन्नु स्वास्थका लागि लाभदायक छ।’

ओलीले बुधवार काठमाडौंमा आयोजित नेकपा एमाले वाग्मती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकमा १० बुँदे सहमतिको ‘एकतारे’ बजाइरहनु आवश्यक नभएको भन्दै सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताएका थिए। ‘१० बुँदेको केजाति एकतारे बजाएर भजमन गोविन्दम् गरिरहन आवश्यक छैन। एक ठाउँ मिलेर, एकताबद्ध भएर अगाडि बढौं न खुरुक्क! अब कति बजाउने ट्याङट्याङ?,’ उनले भनेका थिए। ‘अब के १० बुँदे, १० बुँदे? हाम्रो पार्टी, हामीले बनाएको पार्टी अलिअलि साथीहरूले बाटो बिराउनुभएको होला। फर्केर आउने काम गर्ने सिद्धियो त! माधव नेपालसँग झुक्किएर गएका बाटो बिराएका पनि फर्क भनिरहेका छौं त,’ उनले भने।

उनले माधव नेपाललाई मिलाउन र पार्टी फुटाउन नदिन १० बुँदे गरिएको बताएका थिए। उनले नेपाल समूहबाट फर्किएकाहरुलाई कुनै भेदभाव नगरिने बताएका थिए।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top