कर्मचारी समायोजन सम्बन्धी मुद्दाहरुको सुनुवाई सर्वोच्चको पूर्ण इजलासमा

३ कात्तिक ७८, बिहीबार

४ कात्तिक, काठमाडौं ।

Advertisement

कर्मचारी समायोजनसँग सम्बन्धित २२ मुद्दामाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदै छ । समायोजनसँग सम्बन्धित मुद्दाहरुमाथि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ तोकिएको हो ।

न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र प्रकाशमानसिंह राउतको पूर्ण इजलासमा उक्त मुद्दाको सुनुवाइको लागि पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।

Advertisement

गत साउन २५ गते सर्वोच्चले समायोजन भएका ३४ कर्मचारीको मुद्दामा खुला कोटा कटाएर संघमा समायोजन गर्न आदेश दिएको थियो । आदेशपछि शाखा अधिकृतका प्रत्याशीहरू सर्वोच्च गएका थिए ।

रिटमाथि सुनुवाइ गर्दै भदौ ७ मा न्यायाधीशहरू अनिलकुमार सिन्हा, प्रकाशकुमार ढुंगाना र कुमार चुडालको पूर्ण इजलासले कात्तिक ४ गतेका लागि पेसी तोकेर सबै मुद्दालाई पूर्ण इजलासमा पेश गर्ने आदेश दिएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top