भिजेको १२२५ टन डिएपी मल जफत

५ कात्तिक, वीरगन्ज ।

साल्ट ट्रेडिङ कर्पोरेसनले आयात गरी वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा १४ महिना अगाडी ल्याएकाे भिजेको मल भन्सार कार्यालयले जफत गरेको छ ।

बन्दरगाहस्थित भन्सार कार्यालयका सूचना अधिकृत चूडामणि शर्मा कट्टेलले भिजेर आएको १ हजार २ सय २५ टन डिएपी मल लामो समयदेखि गोदाममा थन्काएको कारण जफत गरिएको बताए ।

यसअघि सिर्सिया सुख्खा बन्दरगाह कार्यालयले सम्बन्धित आयातकर्तालाई मल नष्ट गर्नका लागि उपस्थित हुन पटक–पटक पत्राचार समेत गरिसकेको र आयातकर्ता अनुपस्थित भएपछि भन्सार ऐन अन्तरगत जफत गरी नष्ट गरिने उनले बताए ।

स्विस सिंगापुर ओभरसिज सप्लाएर रहेको तथा जोर्डनबाट खरिद गरी ल्याइएको डिएपी मल भारतको कोलकाता बन्दरगाहबाट ल्याइएको थियो ।

समुद्री मार्गमै रहँदा २०२० को अगस्टको दोस्रो साता बङ्गालको खाडीमा आएको ‘अफान’ नामक समुन्द्री आँधीको कारण मल बोकेको पानी जहाजभित्र पानी पसेकोले मल भिजेको थियो । भिजेको मल सप्लाएरले वीरगन्जसम्म ल्याएपछि त्यति बेला पनि सुक्खा बन्दरगाह भन्सार कार्यालयले जाँच पास गर्न रोकेको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top