मैत्रीपूर्ण खेलमा नेपाल इन्डोनेसियासँग पराजित

५ कात्तिक, काठमाडौं । 

नेपाली राष्ट्रिय यू–२३ फुटबल टोली शुक्रबार इन्डोनेसिया यू २३ सँगको मैत्रीपूर्ण खेलमा २–० ले पराजित भएको छ । नेपाली टोलीले पहिलो हाफमा इन्डोनेसियालाई रोकेपनि दोस्रो हाफमा भने गोलको सामना गरेको थियो ।

इन्डोनेसियाका लागि हसिन सागधराले ५५ औं मिनेटमा गोल गरेका थिए । इन्जुरी समयमा विटेन सुलेमानले गोल गरेपछि इन्डोनेसियाले २–० को जित हासिल गरेको थियो ।

एएफसी यू–२३ एसियन कप छनोटको अन्तिम रहेको नेपाली टोलीले ताजिकिस्तानमा इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेलेकाे हाे ।  एसियन कप छनोटमा नेपाल एसियाली फुटबलको पावरहाउस इरान, लेबनान र आयोजक ताजिकिस्तानको समूहमा रहेको छ । २३ खेलाडी र १२ अफिसियलसहित ३५ सदस्यीय टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको थियो ।

एएफसी यु–२३ एसियन कप छनोट २५ देखि ३१ अक्टोबरमा हुँदैछ ।  नेपालले २५ अक्टोबरमा इरान, २८ अक्टोबरमा ताजिकिस्तान र लेबनानसँग ३१ अक्टोबरमा प्रतिस्पर्धा गर्नेछ ।

यस्ताे छ नेपाली यू २३ फुटबल टोली

गोलरक्षक – अर्पण कार्की, विशाल सुनार, अभिषेक बराल

डिफेन्डर – सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दिप पौडेल, अभिषेक लिम्बु, शिव गुरुङ

मिडफिल्डर – नितिन थापा, सुरज ज्यु ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्वे, अनिल महर्जन, राजीव लोप्चन, शिशिर लेखी, आकाश बुढामगर, एरिक विष्ट, रोशन पहारी

फरवार्ड – मनिष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, ऋतिक कुमार खड्का

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top