हमालको राजीनामापछि रिक्त मन्त्रालय लिन हानथाप

५ कात्तिक ७८, शनिबार

काठमाडौं: प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका तर्फबाट मन्त्री नियुक्त गैरसांसद गजेन्द्र हमालको राजीनामापछि रिक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लिन सत्तारूढ दलहरूबीच हानथाप चलेको छ ।

सार्वजनिक आलोचना चलेका बेला हमाल कांग्रेसको कोटाबाटै मन्त्री नियुक्त भएको भन्दै प्रतिरक्षा गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रिक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने माग गरेका छन् । एकीकृत समाजवादीले पनि उक्त मन्त्रालयमा दाबी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले भने पार्टीको आन्तरिक गुट व्यवस्थापनका लागि उक्त मन्त्रालय कांग्रेसकै भागमा राख्न चाहेका छन् ।

प्रधानन्यायाधीश जबराका जेठान हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ मा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त गरेका थिए । त्यसलाई लिएर सञ्चारमाध्यम, न्याय क्षेत्र र सामाजिक सञ्जालमा चर्को विरोध भएपछि दाहालले असोज २३ मा चितवन पुगेर हमाल कांग्रेसको कोटाबाट मन्त्री भएकाले अनावश्यक चर्चाको तुक नरहेको प्रतिक्रिया दिएका थिए । दाहालले सत्ता गठबन्धन दलको बैठकमा भने प्रतिनिधिसभामा सांसद संख्याका आधारमा उक्त मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने बताएका छन् ।

हमालले मन्त्री भएको ४० घण्टा नबित्दै राजीनामा दिएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रधानमन्त्री देउवासँग छ । माओवादी केन्द्रका अध्यक्ष दाहालसँगै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि आफ्नो पार्टीका लागि उक्त मन्त्रालयमा दाबी गरेको बालुवाटार स्रोतले जनाएको छ ।

हमाल मन्त्री भएका बेला एकीकृत समाजवादीका नेताहरूले पनि उनी कांग्रेसको कोटाबाटै मन्त्री बनेको तर्क गरेका थिए । ‘माओवादी वा एकीकृत समाजवादीलाई मन्त्रालय दिँदा प्रधानन्यायाधीशलाई मन्त्रीको कोटा छुट्याइएको सार्वजनिक रूपमै पुष्टि हुने भएकाले प्रधानमन्त्रीले कसैलाई नदिई आफैंसँगै राख्ने भन्नुभएको छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले कांग्रेसकै कोही नेतालाई मन्त्री बनाउन सक्नुहुन्छ ।’

माओवादीका प्रमुख सेचतक देव गुरुङले मन्त्रालयको भागबन्डा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद संख्या भएकाले आफ्नो पार्टीले दाबी गर्नु स्वाभाविक हुने बताए ।,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top