×

NEPAL TIMES UPDATES

Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026
Playing
मन्त्रीहरूको वरीयतामा हेरफेर, डेपुटी गभर्नर र योजना आयोगमा नियुक्ति|| Nepal Times
Apr 07, 2026

शिल्पी थिएटरको ‘ठूला माछा–साना माछा’ नाटक मञ्चन सुरु

६ कार्तिक २०७८

६ कात्तिक, विराटनगर ।

शिल्पी थिएटरले मुक्त रंगमञ्च अभियान सुरु गरेको छ । शुक्रबार विराटनगरमा ‘ठूला माछा–साना माछा’ नाटक मञ्चन गरेर शिल्पीले सो अभियानको सुरु गरेको हो ।

Advertisement

सो नाटक प्रदेश–१ का मोरङ, सुनसरी र झापाका २१ स्थानमा मञ्चन गर्ने शिल्पीले जनाएको छ । विराटनगरबाट सुरु भएको नाटक रंगेली, विराटचोक, इटहरी, धरान, इनरुवा, दमक, विर्तामोड, काँकडभिट्टा लगायतका स्थानमा मञ्चन गरिने नाटकका परिकल्पनाकार समेत रहेका निर्देशक घिमिरे युवराजले जानकारी दिए ।

नाटकले राजनीतिक नेतृत्व र कर्मचारीले सर्वसाधारणलाई कसरी दुःख दिएका छन् भन्ने विषयलाई सशक्त रुपमा उठान गरेको छ । त्यस्तै स्थानीय तहमा विकासका नाममा भइरहेका मनपरी र आर्थिक अनियमितालाई पनि नाटकले देखाउने प्रयास गरेको छ । किसान, मजदुरहरुले सरकार, ठेकेदार र विचौलियाबाट कतिसम्म दुःख पाएका छन् भन्ने विषयलाई नाटकले छर्लङ्ग पारेको छ ।

 

घिमिरे युवराजको परिकल्पना र निर्देशनमा मञ्चन भएको नाटकमा पवित्रा खड्का, रेनुका कार्की ढोली, सविन कट्टेल, संगता उराँव, मानहाङ लावती, असिम खनाल, ज्योति पोखरेल, रविन परियार, गोविन्दओली, ज्याक बराल, हिमाल भुजेल र संजितथुलुङ राईले अभिनयन गर्नेछन् । दर्शकका रुपमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासहित विभिन्न राजनैतिक दलका नेता, साहित्यकार, पत्रकार, बुद्धिजीवी लगायतको सहभागिता थियो ।

शिल्पीले मञ्चन भएको नाटकलाई आधार मानेर लेखेका उत्कृष्ट ४ कवितालाई जनही २५ हजारका नगदसहित पुरस्कृत गरिने निर्देशक घिमिरेले जानकारी दिए । उनका अनुसार ‘ठूला माछा–साना माछा’ देशभर मञ्चन गरिने र त्यसपछि प्राप्त भएका कवितालाई पुरस्कृत गरिनेछ ।

वि.सं. २०६३ सालमा स्थापित शिल्पीले तीन महिने अभिनय तालिम समेत सञ्चालन गर्दै आएको छ । राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमा समेत बेला–बेला विभिन्न नाटक मञ्चन गर्दै आएको शिल्पीले गाउँमा रंगमञ्च कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।

Advertisement

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top