वाग्मती सफाइ महाअभियान ४४१ औँ हप्तामा

५ कात्तिक ७८, शनिबार

६ कात्तिक, काठमाडौँ।

वाग्मती सफाइ महाअभियानको ४४१औँ हप्तामा सिनामङ्गल पुलमुनिको नदी किनार सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

पशुपतिस्थित आर्यघाट र भष्मेश्वर घाटमा शव जलाएपछि वाग्मतीमा फालिएका बाँस एवं खट त्यस क्षेत्रमा धेरै भेटिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलले राससलाई जानकारी दिए। नदी किनारमा नियमित फोहर पनि नउठाएको अवस्थामा भेटिएको थियो । आजको सफाइमा उठेको फोहर भने काठमाडौँ महानगरपालिकाको गाडीले व्यवस्थापन गरेको थियो।

सफाइमा मुख्य अभियानकर्मी एवं पूर्व मुख्यसचिव लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनालगायत अभियानकर्मी गरी २०० भन्दा बढीको सहभागिता थियो । कोभिड सुरु भएपछि पहिलोपटक आज नेपाल प्रहरीको सानो समूह पनि सफाइमा सहभागी भएको थियो । विसं २०७६ चैतपछि कोरोना महामारीका कारण प्रहरीसहित नेपाली सेना र सशस्त्र प्रहरी सफाइमा सहभागी हुनसकेका थिएनन् । अर्को हप्तादेखि अरु सुरक्षा निकायलाई पनि सफाइका लागि बोलाउने विषयमा छलफल भइरहेको जनाइएको छ ।

यसैगरी आजै मनोहरा सफाइ तथा सम्पदा बचाउ नागरिक अभियानको नेतृत्वमा हुने मनोहरा सफाइको २४०औँ हप्तामा काठमाडौँ महानगरपालिका–३२ बालकुमारी पुल छेउको नरेफाँटमा सफा गरिएको छ । १०० अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट एक गाडी फोहर उठेको सफाइ संयोजक चन्द्र दङ्गाललेजानकारी दिए।

विसं २०७० जेठ ५ गतेदेखि महाअभियान सुरु भएको हो । त्यसदिनदेखि प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा वाग्मती सफाइ हुँदै आएको छ । महाअभियान सुरु भएदेखि प्रत्येक हप्ता शनिबार चाडबाड, जाडो, गर्मी प्राकृतिक विपद्मा पनि महाअभियान रोकिएको छैन ।

यसैगरी आजै उपत्यकाको गुह्येश्वरीमाथिको वाग्मतीको ४१०औँ हप्ताको सफाइ अन्तर्गत गोठाटार पुलमुनिको नदी किनारमा सफा गरिएको छ । सफाइमा कुहिने र नकुहिने फोहरलाई छुट्याएर व्यवस्थापन गरिएको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए।

उपत्यकाका विष्णुमतीको माथिल्लो र तल्लो भाग, रुद्रमती, चक्रपथका उत्तरी र पश्चिमी खण्ड, ललितपुरको गोदावरी खोलालगायत स्थानमा पनि आजै सफाइ गरिएको थियो । महाअभियान सुरु भएपछि वाग्मतीका सहायक नदीमा पनि सफाइ सुरु गरिएको हो । हाल उपत्यकाका २५ स्थानमा सफाइ भइरहेको छ ।

महाअभियानबाट प्रभावित भएर उपत्यका बाहिरका मुख्य सहर, नदी र सांस्कृतिकस्थलमा पनि सफाइ हुन थालेको छ । काठमाडौँ उपत्यका बाहिर १०८ स्थानमा सफाइ भइरहेको महाअभियानले जनाएको छ । रासस

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top