त्रियुगा नदीमा पुल निर्माण गरिने छ : मन्त्री खड्का

७ कार्तिक, काठमाडौं ।

परराष्ट्र मन्त्री डा नारायण खड्काले त्रियुगा नदिमा पुल निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।

गृह जिल्ला उदयपुर पुगेका मन्त्री खड्कालाई चौदण्डीगढी नगरपालिका नेपाली कांग्रेस नगर कमिटीले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

मन्त्री खड्का समक्ष स्थानीय नेता तथा कार्यकर्ताले त्रियुगा नदी लगायतका अन्य खहरे खोला नियन्त्रण गर्न र चौदण्डीगढी नगरपालिकाको वडा नं. ९ र १० लाई जोड्न त्रियुगा नदीमा पक्की पुलको यथासक्य चाडो कार्य सुरु गराउन माग गरेका थिए ।

मन्त्री खड्काले बेल्टार बजारमा ब्यापार व्यावसायमा कमि आएको भन्दै चौदण्डीगढी नगरपालिकाको वडा नं १ बंसिला बाट खोटाङ जिल्लालाई जोड्न दुधकोशीमा पक्की पुल बनाउने, चौदण्डीगढी नगरपालिका कै वडा नं १० स्थित देबधार बाट हडिया जोड्ने त्रियुगानदीमा पक्की पुल बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

मन्त्री खड्काले जिल्लाकै चौदण्डीगढी नगरपालिकाको वडा नं ५ मा पर्ने त्रियुगा नदीमो शिवाई बेल्ही जोड्ने बिगत १ दशक देखि निर्माणाधीन रहेको पक्की पुल आउँदो माघ फागुनसम्ममा निर्माण गराई छोड्ने जानकारी दिए ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top