न्यायाधीश शर्मा विरुद्ध गंगामायाको उजुरी

१६ साउन ७५, बिहीबार

काठमाडौं – छोराको हत्यारालाई कावरवाहीको माग गर्दै पछिल्ले पटक ४४ दिन अनसन बसेकी गंगामाया अधिकारीले मुद्धालाई प्रभावित पार्ने कार्य गरेको भन्दै चितवन जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद शर्मालाई कार्वाहिको माग गर्दै न्यायपरिषदमा उजुरी दर्ता गरेकी छन्। आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

Advertisement

हत्याका आरोपित छविलाल पौडेल न्यायीक हिरासतमा बसेसंगै न्यायाधीश शर्माले मुद्धा प्रभावित पार्न विभिन्न गतिविधि गरेको भन्दै अधिकारीले न्यायपरिषद्लाई छाविन गरि कारवाहीको माग गरेकी हुन् । अनुचित प्रभावमा परी न्यायाधीशको आचरण प्रतिकुल हुने गरी काम गरेको भन्दै न्यायपरिषदमा मंगलबार अधिवक्ता पुष्पराज पौडेलले उजुरी दर्ता गराएका थिए ।

उजुरीमा हत्याका आरोपी न्यायीक हिरासतमा बसेको भोलि पल्टै आफ्नो मुद्दा हेरि रहेका न्यायाधीश शर्माले साउन २० मा तोकिएिको पेशिमा फैसला नै हुन्छ भनि न्यायीक आचरण विपरित प्रतिवादी छविलाल पौडेल समेतको प्रभावमा परी कानून विपरित मुद्दामा कार्वाही गर्ने गरि पत्रकार सम्मेलन गर्नु भएकोले न्याय परिसद ऐन २०७३ को दफा ११ को उपदफा (१) को देहाय (च) को आधारमा यो उजुरी निवेदन दिन वाध्य भएको गंगामायाले जनाएकी छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top