सर्वोच्चका न्यायाधीशहरुको बैठक बस्दै, इजलास बहिष्कारबारे निर्णय हुन सक्ने

८ कार्तिक, काठमाडौं ।

Advertisement

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज (सोमाबार) बोलाएको फुलकोर्टमा सहभागी नहुने निर्णय गरेका सर्वोच्च अदालतका १४ न्यायाधीशहरूको बैठक बस्दै छ।

उनीहरुको बैठक बिहान ११ बजे बस्ने भएको हो। आइतबार सम्पन्न न्यायाधीशहरुको बैठकले आज इजलास सुरु हुने समयमै बैठक बस्ने निर्णय गरेको थियो।

Advertisement

आइतबारको बैठकमा सर्वोच्चका न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदी सहभागी थिए।

आइतबारकोे १४ न्यायाधीशको बैठकले फुलकोर्टमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको थियो। सर्वोच्चमा कार्यरत १९ स्थायी न्यायाधीशमध्ये पाँचजना काठमाडौ बाहिर भएकाले अदालतमा उपस्थित थिएनन्।

Advertisement

न्यायाधीश ईश्वर खतिवडा अमेरिकामा रहेका छन्। शुक्रवारको छलफलमा उनी वरिष्ठ न्यायाधीशहरुसँग भर्चुअल माध्यमबाट जोडिएका थिए। उनले न्यायाधीशहरुले लिने निर्णयमा आफ्नो साथ रहेको बताएका थिए।

न्यायाधीश सपना प्रधान मल्ल एक साताका लागि आइतबारदेखि विदा लिएर खप्तड भ्रमणमा गएकी छन् भने न्यायाधीश तेजबहादुर केसी वुटवलमा छन्। त्यस्तै, न्यायाधीशहरु कुमार चुडाल, कुमार रेग्मी र अनिलकुमार सिन्हा विदामा छन्।

यसअघि जबराले आइतबारै नेपाल बार एसोसिएसनसँगको छलफलमा सोमबार फुलकोर्ट बोलाउने र त्यसमा बारका प्रतिनिधि पनि सहभागी गराउने बताएका थिए।

मन्त्रिपरिषद्मा भाग मागेको र विकृतिविहीन न्यायालयसम्बन्धी अध्ययन समितिको प्रतिवेदन कार्यान्वयन नगरेकोलगायतका विषयमा प्रधानन्यायाधीश जबरा विवादित बनेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top