दुर्गा प्रसाईको ८ करोडको ‘वन पिस’गाडीमा ओली सयर

७ कात्तिक ७८, सोमबार

८ कार्तिक, काठमाडौं ।

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अहिले गृहजिल्ला झापाको यात्रामा छन् ।

आइतबार भद्रपुर विमानस्थल ओर्लिएका ओलीलाई स्वागत गर्न नेता कार्यकर्ता पुगेका थिए । स्वागत गर्न मेडिकल व्यापारी दुर्गा प्रसाई पनि पुगेका थिए, जो पछिल्लो समय एमालेमा सक्रिय छन् ।

आइतबारै उनी बिर्तामोडको बृहत पार्टी प्रवेश कार्यक्रममा एमालेमा औपचारिक रुपमा प्रवेश पनि गरेका थिए । रोचक त के भने विमानस्थलमा ओलीलाई स्वागत गर्न प्रसाई आफ्नै गाडी लिएर पुगेका थिए ।

प्रसाईको ८ करोडको गाडी ओलीको सयरका लागि विमानस्थलमा राखिएको थियो । सामान्यतया प्रमुख प्रतिपक्षी दलका नेता जिल्ला आउँदा स्थानीय प्रशासन वा प्रदेश सरकारले गाडी उपलब्ध गराउँछ । तर, ओलीको स्वागतमा प्रसाईको गाडी तम्तयार थियो, विमानस्थल बाहिर स्कर्टिङ सुरक्षा राखिएको थियो । त्यहीँ गाडीमा ओलीले गृहजिल्लामा सयर गरे ।

भद्रपुर–१ स्थित पृथ्वीनगरमा पिता मोहन ओलीलाई भेट्नेदेखि विर्तामोडमा पार्टी प्रवेश कार्यक्रमसम्म ओली प्रसाईको गाडीमा सवार भए ।

बिर्तामोडमा त प्रसाईले नातामा ओलीले आफ्नो हजुरबुवासम्म पर्ने बताए । अनौपचारिक कुराकानीमा प्रसाईले सञ्चारकर्मीसँग बिर्तामोडमा भने, ‘८ करोडको गाडी, वन पिस गाडी मैले मात्र चढ्छु । अहिले अध्यक्ष ओलीज्यूलाई चढ्नलाई दिएको हुँ ।’

त्यसो त ओलीको सवारीमा गाडीको लस्कर पनि देख्न सकिन्थ्यो । करिब २० भन्दाबढी गाडी सडकमा लस्करै देखिन्थे, यी दृश्यले चुनावको झल्को दिइरहेको थियो ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top