उत्कृष्ट भनेर पुरस्कृत गरिएको भोलिपल्टै खोसियो डीएसपीको जिम्मेवारी

७ कात्तिक ७८, सोमबार

८ कार्तिक, काठमाडौं ।

उत्कृष्ट कार्य गरेको भनेर पुरस्कृत गरेको भोलिपल्टै इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी नायव उपरिक्षक (डीएसपी) मदन कुँवरको जिम्मेवारी खोसिएको छ।

डीएसपी कुँवरलाई असोज महिनामा रुपन्देही जिल्लाकै सर्वोत्कृष्ट भन्दै पुरस्कृत गरिएको थियो। उनलाई असोज ६ गते ‘हाइ इन्टिग्रेटी इन्चार्ज अफ द मन्थ’ अवार्ड र अभिलेखमा जनिने गरी नगदसहित पुरस्कार गरिएको थियो।

डीएसपी कुँवरले आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेको, फरार अपराधी पक्राउ, अवैध सामान बरामद, लागूऔषध नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरणमा उत्कृष्ट कार्य गरेको भन्दै पुरस्कृत गरिएको थियो।

तर यसरी पुरस्कृत पाएको भोलिपल्टै उनको जिम्मेवारी खोसिएको छ। कुँवरलाई प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय काज सरुवा गरिएको छ। उनको ठाउँमा गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय बेलचौतारा, तनहुँमा कार्यरत डिएसपी ठगबहादुर केसीलाई काज सरुवा गरिएको छ।

प्रहरी नियमावली २०७१ अनुसार जिम्मेवारी सम्हालेको १ वर्ष नपुगी सामान्यतया सरुवा नगर्ने उल्लेख छ। तर कुँवर भने जिम्मेवारी सम्हालेको ४ महिनामै सरुवा भएका छन्।

त्यसैगरी महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपीको पनि प्रहरी प्रधान कार्यालयले सरुवा गरेको छ। दरबारमार्गमा कार्यरत रहेका डीएसपी रामेश्वर पौडेललाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज पठाइएको छ। जिम्मेवारी सम्हालेको १ वर्ष पूरा भएकाले पौडेलको सरुवा गरिएको हो।

उनको ठाउँमा प्रहरी कर्मचारी पिरमर्का छानबिन इकाइ दरबन्दी भई सशस्त्र प्रहरी गण नम्बर १ नक्सालमा कार्यरत रहेका डीएसपी विश्वराज खड्काको काज सरुवा गरिएको छ।

आकर्षक मानिने दरबारमार्ग वृत्तको इन्चार्ज पाउने खड्का पूर्वगृहमन्त्री स्वर्गीय खुमबहादुर खड्काका भतिज हुन्।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top