कार्यालयमै कर्मचारीबीच अश्लील बाझाबाझ, प्रहरीसम्म पुग्यो विवाद

७ कात्तिक ७८, सोमबार

८ कार्तिक, जाजरकोट ।

स्वास्थ्य सेवा कार्यालयको ल्याब शाखामा आवश्यक पर्ने सामग्री कार्यालय प्रमुख टिकाराम जैसीसँग माग गर्न जाँदा स्वाथ्यकर्मीबीच झण्डै हात हालाहालको अवस्था सिर्जना भएको छ । कार्यालय प्रमुखसँग आवश्यक सामग्री माग्दा अन्य शाखाको स्वास्थ्यकर्मीको टाउको दुख्नु अनौठो रूपमा हेरिएको छ ।

चौविसै घण्टा ल्याबमा काम गर्नुपर्ने स्वास्थ्यकर्मीले त्यहाँ आवश्यक पर्ने सामग्रीहरू माग्दा कार्यालय प्रमुख जैसीले कार्यालयमा कार्यरत स्वास्थ्यकर्मी गंगा रेग्मीलाई ‘तपाइँले लिएको पुरै सामग्री बुझाएको देखिएन, बाँकी फिर्ता गर्नुहोस्’ भनि सल्लाह दिएपछि स्वास्थ्यकर्मी गंगा रेग्मीले म बुझाउदिन भन्दै विवाद सुरु भएको थियो । कार्यालय प्रमुखको कार्यकक्षकै अपशब्द प्रयोग गरी बाझाबाझ भएको भिडियोसमेत सार्वजनिक भएको छ ।

ल्याबमा कार्यरत स्वास्थ्यकर्मी हरिकला, कमला रावललाई स्वास्थ्यकर्मी रेग्मीले जागीर खाइदिने मात्र नभई कार्यालय प्रमुखलाई समेत अश्लील शब्दले गाली गरेको भिडियोमा स्पष्ट सुनिन्छ ।

रेग्मी पुरै आक्रोषित भएको र हरिकला लगायतका ल्याबमा काम गर्ने स्वास्थ्यकर्मीहरू कम बोलेको भिडियोमा देखिन्छ । कार्यालय प्रमुख जैसीले ‘तपाइँहरू झगडा गर्ने भए बाहिर गएर गर्नुहोस्, यहाँ नगर्नुहोस् र कार्यालयको गरिमा अनि इज्जतसमेत बचाउनुहोस्’ भन्दै झगडा मत्थर पार्न खोजेको देखिन्छ ।

दुई दशकभन्दा बढी जागीर खाएको स्थायी कर्मचारी हो म, करारकाले हल्ला गर्ने भनि रेग्मीले ल्याबका स्वास्थ्यकर्मीलाई हप्काएको भिडियोमा सुनिन्छ । स्वास्थ्य सेवा कार्यालयमा ल्याबमा काम गर्ने सबै करारका नै छन् ।

हरिकला सिंहले पटक पटक ल्याबमा काम गर्न आफू नसक्ने भन्दै राजीनामा दिँदासमेत काम गर्ने मान्छे नहुँदा उनलाई रोकिएको छ । स्वास्थ्य सेवा कार्यालयमा यो लफडा भएपछि जिल्ला प्रहरी कार्यालयमा गालीबेइज्जतीको उजुरी दर्ता भएको छ ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top