८ कात्तिक, एजेन्सी ।
सुडानमा सैन्य कु भएको छ । बीबीसीका अनुसार त्यहाँका प्रधानमन्त्री र मन्त्रीहरूलाई गिरफ्तार गरिएको छ । प्रधानमन्त्री अब्दुल्लाह हमदोक र केही मन्त्रीहरूलाई पहिचान नखुलेका सिपाहीहरूले घरमै नजरबन्दमा राखिएको जनाइएकाे छ ।
सेनाले अहिलेसम्म ‘कु’ बारे केही प्रतिक्रिया नदिए पनि तर प्रजातन्त्र पक्षधर समूहले भने नागरिकलाई सडक आन्दोलनका लागि आह्वान गरेका छन् ।
सन् २०१९ मा राष्ट्रपति उमर अल बसिरको सत्ता गुमेसँगै सुडानमा अन्तरिम सरकार बनेको थियो । त्यतिबेला देखिन नै सेना र नागरिक सरकारका बीचमा खटपट सुरु भएको थियो ।
राजधानी खार्तुममा इन्टरनेट सेवा बन्द गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । सामाजिक सञ्जालमा पोस्ट भएका केही भिडियो र तस्बिरमा सडकमा टायर बालेर प्रदर्शनकारी प्रदर्शनमा उत्रिएको देखिएको छ । त्यस्तै खार्तुम विमानस्थल बन्द गरिएको र सबै अन्तर्राष्ट्रिय उडान पनि स्थगित गरिएको जनाइएको सञ्चारमाध्यमले जनाएका छन्।
