दसैँमा दोब्बरले बढ्यो आयात

८ कात्तिक ७८, मंगलबार

मुख्य चाडबाडको समय र कोभिड–१९ सङ्क्रमण दर पनि न्यून हुँदै गएपछि अन्तर्राष्ट्रिय व्यापारमा व्यापक वृद्धि भएको छ । नेपालीको मुख्य चाडबाड दसैँको महिना अर्थात् असोजमा मात्रै अन्तर्राष्ट्रिय व्यापारको आकार दुई खर्ब रुपियाँ नजिक पुगेको छ । भन्सार विभागको असोजसम्मको व्यापार तथ्याङ्कअनुसार आयात र निर्यात दुवैमा भएको वृद्धिले समग्र व्यापार बढेको देखिन्छ ।

तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष २०७८/७९ को तीन महिनासम्म नेपालले चार खर्ब ७८ अर्ब रुपियाँको वस्तु आयात गरेको छ जुन अघिल्लो आवको तीन महिनासम्मको तुलनामा करिब ६४ प्रतिशतले बढी हो । असोजमा मात्रै एक खर्ब ६४ अर्ब रुपियाँको वस्तु आयात भएको देखिन्छ, यो कोभिड सङ्क्रमणयताकै बढी हो ।

असोजसम्म सबैभन्दा धेरै २३ अर्ब ३२ करोड रुपियाँको डिजेल आयात भएको छ । त्यसपछि दोस्रोमा २० अर्ब ६० करोडको कच्चा भटमास तेल, १७ अर्ब १७ करोडको मोबाइल, १३ अर्बको कच्चा पाम तेल र १२ अर्ब ८६ करोडको पेट्रोल आयात भएको छ ।, आजको गोरखापत्र दैनिकमा समाचार छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top