अनेक ‘डिल’ पछि पनि संकटको ‘डिल’ मा चोलेन्द्र

८ कात्तिक ७८, मंगलबार

न्यायिक स्वतन्त्रता र गरिमाविपरीतका शृंखलाबद्ध कार्यका कारण प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा संकटको डिलमा पुगेका छन् । उनी सर्वोच्च अदालतकै न्यायाधीश, पूर्व प्रधानन्यायाधीश, पूर्व न्यायाधीश, नेपाल बार एसोसिएसन र नागरिक समाजबाट चौतर्फी दबाबमा परेका छन् ।

सर्वोच्चका १३ न्यायाधीशले सोमबार पूर्ण बैठक बहिस्कार गरेका छन् । उनीहरु प्रधानन्यायाधीशले तोकेको इजलासमा बसेनन् । सर्वोच्चको काम कारबाही नै ठप्प भयो । न्यायिक इतिहासमा यो नौलो घटना हो । अब सहकर्मीसँग एकसाथ इजलासमा बस्न जबरालाई कठिन छ ।

जबराको राजीनामा माग्नेको संख्या बढ्दो छ । त्यसमा चार पूर्वप्रधानन्याधीश, पूर्व न्यायाधीशको फोरमपछि नेपाल बार पनि थपिएको छ । एकपछि अर्को विवादित कदमबाट उम्कन प्रधानन्यायाधीश जबराले यसबीच अनेक डिल गरे । तर उनको संकट झन् गहिरिँदो छ ।

प्रधानन्यायाधीश जबराले आसोज २६, २७ र २८ गते चार पूर्वप्रधानन्यायाधीशसका घरघरमा पुगेर आफ्नो संकट पार लगाइदिन आग्रह गरे । जबराले दसैँ बिदाका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरे । जटिल मोडमा पुगेपछि जबरा आइतबार नेपाल बारका पदाधिकारीसँग छलफलमा बसे । त्यसपछि उनले न्यायिक परम्पार मिचेर सामेबारका लागि फूलकोर्ट बैठक बोलाए । जबरालाई अब राजनीतिक डिलले जोगाउन नसके राजीनामा नै अन्तिम निकास हो ।, याे समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top