पहिरोले न परिवार न बस्ती

८ कात्तिक ७८, मंगलबार

पहिरोले परिवारसहित सर्वस्व लगेपछि कलकबहादुर सार्की दिनभर टोलाइरहन्छन्। आमा हर्कुदेवी, श्रीमती ३० वर्षकी ईश्वरी, छोराहरू १२ वर्षका सन्दीप, ६ वर्षका सरोज र छोरी एक वर्षकी सपना मात्रै आँखामा झलझली आइरन्छन्।

‘सर्वस्व गुम्यो। दैवले यस्तो पीडा दिँदो रहेछ’, आँसु झार्दै कलकले भने, ‘भगवान् भेटिने भए सोध्ने मन थियो– दैव किन यस्तो गर्‍यौ ?’ बझाङको थलारा गाउँपालिका–४ डिख्लामा पहिरो खस्दा कलकसहित दाजुभाइको परिवारका १८ र छिमेकी नरबहादुर पार्कीको परिवारका पाँच जना बेपत्ता भएका थिए। तीमध्ये सार्की परिवारका तीन र पार्की परिवारका एक जनाको शव भेटिएको छ। बाँकीको खोजी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी गरिरहेका छन्।

कात्तिक २ गते बिहान ४ बजेको थियो। दुई दिनदेखि झिमझिम वर्षा भइरहेको थियो। घरनजिकै पहिरो खस्न थालेपछि छिमेकी पार्की अँध्यारोमै परिवारका पाँच सदस्यलाई लिएर कलककहाँ आएका थिए। जसमा आमा उजलीदेवी, श्रीमती हासुदेवी, छोरा आयुस, छोरीहरू हिमा र सीमा थिए।

‘नरबहादुर काकाले घरमा दुई–तीन कट्टा खाद्यान्न छ। त्यसलाई पनि सारौं। पानी त कति दिनसम्म पो पर्ने हो भन्नुभयो’, कलकले भने, ‘हामी दुई जना चामल लिन गइरहेका थियौं। नरबहादुर काकाको घर पुगेकै थिएनौं। ड्याम्म ठूलो आवाज आयो। अँध्यारो थियो, केही पत्तो पाइएन तर सर्वस्व लगेछ।’, याे समाचार अन्नपूर्ण पाेस्ट दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top