बिराटनगरस्थित भारतीय ‘क्याम्प’ अफिस अझै खुला

विराटनगर, साउन १७
बिराटनगरमा एक दशकदेखि अवैधानिकरुपमा सञ्चालित भारतीय ‘क्याम्प अफिस’को सेवा बन्द भए पनि कार्यालय भने खुला रहेको छ । भारतीय दुतावासले एक प्रेस विज्ञप्ति जारी गरेर अगस्ट १ अर्थात साउन १६ गतेदेखि बिराटनगरको क्याम्प अफिसले गर्दै आएका सबै काम काठमाडौंस्थित दूताबासबाटै हुने जनाएको थियो ।

Advertisement

दूतावासले कार्यालयबाट प्रदान गर्दै आएको सम्पूर्ण सेवा बन्द गरेको बताए पनि कार्यालयभित्र कर्मचारीको चहलपहल भने पहिलेको जस्तै छ । सम्पर्क कार्यालयका प्रमुख निरज जैसवालले सम्पर्क कार्यालयबाट सेवा बन्द गरिएको भएपनि कार्यालयभित्रका सम्पूर्ण सामग्रीहरु लिएर कर्मचारी जान समय लाग्ने भएकोले कार्यालय खोल्नु परेको बताए ।

यसअघि दुतावासले अगष्ट १ बाट कार्यालय बन्द गर्ने जनाएको थियो । सेवा बन्द गरिएको कार्यालयमा राखिएको भारतीय झण्डा पनि हटाइएको छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको समयमा सो कार्यालय बन्द गर्ने सहमति भएको थियो ।

Advertisement

सम्पर्क कार्यालय बन्द भएकोबारे जानकारी लिन पुगेका इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक सन्तोष निरौलालाई कार्यालय प्रमुख जैसवालले कार्यालय पूर्ण रुपमा बन्द गर्न अझै दुई साता लाग्ने बताएका थिए । सप्तकोशीको बाँध फुटेपछि नेपाली सावारी साधनलाई रुट अनुमति प्रदान गर्न स्थापना भएको भारतीय अफिस प्रयोजन सकिएपछि पनि जबरजस्ती बसिरहेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top