ओलीको सुझाव- परमादेश दिने पाँचैजना न्यायाधीशले राजीनामा गर्नुस् न !

९ कात्तिक, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनका लागि परमादेश गर्ने पाँचैजना न्यायाधीशले राजीनामा दिँदा राम्रो हुने बताएका छन् । मंगलबार एमालेको पालिका अधिवेशनको भर्चुअल उद्घाटन गर्दै उनले न्यायाधीशहरू पोल खोलाखोलमा उत्रिँदा सर्वोच्च अदालतको मानमर्दन भएको टिप्पणी गरे ।

ओलीले भने, ‘न्यायाधीशहरू आफैं कसले के-के गरेको थियो भनेर उधिन्न थाल्नुभएको छ । आफैं उधिन्दै जाँदा विभिन्न कुरा निस्किन थालेका छन् । यदि परमादेश पाँचै जनाले गर्नुभएको थियो भने एकजनाले मात्र किन राजीनामा दिने ? पाँचै जनाले राजीनामा गरे उपयुक्त होइन र ?’

अदालतलाई मर्यादित र निर्विवाद बनाउन ओलीले सुझाव दिए । अदालतलाई विवाद र तमासाको थलो बन्न नदिन उनको आग्रह छ । न्यायाधीशहरुले अहिले सर्वोच्च अदालतको मानमर्दन गरिरहेको ओलीले टिप्पणी गरे । ‘के न्यायालयप्रति न्याय पाइन्छ भन्ने विश्वास छ ?’ उनले प्रश्न गरे, ‘जनतालाई मर्का परेको विषय पेन्डिङमै छ । नक्कली मुद्दा खडा गरेर अदालतलाई राजनीतिको केन्द्र बनाने काम भइरहेको छ ।’

भर्खरको समाचार

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

सम्बन्धित समाचार

Scroll to Top