×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सर्दै कांग्रेस महाधिवेशन

१० कार्तिक २०७८

काठमाडौं : नेपाली कांग्रेसले १४औं महाधिवेशनको मितिलाई हेरफेर गर्ने तयारी गरेको छ । केन्द्रीय निर्वाचन समिति र कांग्रेस पदाधिकारीबीच मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा भएको बैठकमा महाधिवेशनको मिति सार्ने विषयमा छलफल भएको हो ।

बैठकमा सभापति शेरबहादुर देउवाले मंसिर नकट्नेगरी महाधिवेशनको कार्यतालिका बनाएर ल्याउन निर्वाचन समितिलाई निर्देशन दिएका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्धारित ९ देखि १३ मंसिरसम्मको मितिलाई २० मंसिरबाट सुरु गर्नेगरी सार्ने विषयमा छलफल भएको जानकारी दिए ।

Advertisement
Advertisement

‘मिति धेरै धकेल्ने कुरा छैन, ९ देखि १३ को साटो २० मंसिरबाट सुरु गर्ने भन्ने विषयमा छलफल भयो, त्यसमा एकदुई दिन तलमाथि होला, निर्वाचन समितिलाई त्यहीअनुसार काम अघि बढाउन भनिएको छ,’ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राजधानीसँग भने ।

बैठकमा निर्वाचन समितिले भने निर्धारित मितिमा अब महाधिवेशन गर्न सकिने सम्भावना नरहेकोबारे पदाधिकारीहरूलाई जानकारी गराएको थियो । समितिले अझै पनि १३ जिल्लामा वडा अधिवेशन गराउनेतर्फ ध्यान नदिनु ठीक नभएको भन्दै नेतृत्वलाई तिहारअघि नै ती जिल्लामा वडा अधिवेशन गर्ने वातावरण बनाउन ध्यानाकर्षण गराएको छ ।

बैठकमा सभापति शेरबहादुर देउवाले भने निर्वाचन समितिलाई सहज हुनेगरी काम अघि बढाउन पार्टीले सहयोग गर्ने आश्वासन दिएका छन् । देउवाको आश्वासनपछि वरिष्ठ नेता पौडेलले भने महाधिवेशनका विषयमा तयारी गरेरै अघि बढ्ने हो भने तयारी समिति तथा उपसमितिहरू बनाउनुपर्ने भन्दै त्यसका लागि केन्द्रीय समिति बैठक बोलाउन सभापति देउवालाई आग्रह गरे ।

निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले अब कुनै पनि हालतमा मंसिरका लागि तोकिएको मितिमा महाधिवेशन गर्न सक्ने अवस्था नरहेको जानकारी दिए । ‘अब मंसिरमा तोकिएको मितिमा महाधिवेशन गर्न सकिंदैन, यो हाम्रो निष्कर्ष हो, नयाँ मिति हामीले भनेर मात्रै हुँदैन, उहाँहरूको हातको कुरा हो,’ यादवले भने ।

कांग्रेसले हालसम्म ७७ जिल्लामध्ये ६४ जिल्लामा मात्रै वडा अधिवेशन गरेको छ । बाँकी १३ जिल्लामा अझै पनि वडा अधिवेशन सुरु हुने वातावरण बनेको छैन ।

Advertisement

कांग्रेस नेताहरू भने छठपछि मात्रै बाँकी वडा अधिवेशन गर्ने मनस्थितिमा छन् । यो विषयमा कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले केही दिनअघि सार्वजनिक अभिव्यक्ति दिएका थिए ।, याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top