मानव अधिकार प्रतिष्ठानको अध्यक्षमा डा कोजू

९ कात्तिक ७८, बुधबार

१० कार्तिक, काठमाडौं ।

Advertisement

राष्ट्रिय मानव अधिकार प्रतिष्ठान जिल्ला शाखा भक्तपुरको अध्यक्षमा डा राजेन्द्र कोजूलाई पुनः चयन गरिएको छ।

प्रतिष्ठान जिल्ला शाखाको छैटौँ साधारणसभाले डा कोजूको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो। प्रतिष्ठानको उपसभापतिमा नवराज घिमिरे, डा इडा शर्मा र मिलन न्यौपाने, सचिवमा सञ्जिव खनाल, सहसचिवमा रत्न राई र कोषाध्यक्षमा प्रभा थापालाई चयन गरिएको छ।

Advertisement

यस्तै प्रतिष्ठानको सदस्यमा शिवहरि खनाल, सानुराम कार्की, गीता कार्की, रामकृष्ण छुस्यावाग, युनिक कोजू र सुवेश गोसाई चयन भएको प्रतिष्ठानले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top