९४ तोला चाँदीसहित एक जना पक्राउ

९ कात्तिक ७८, बुधबार

१० कार्तिक, काठमाडौं ।

Advertisement

मोरङको रतुवामाई नगरपालिका–३ छालगाछीबाट प्रहरीले ९४ तोला चाँदीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही स्थानका ३० वर्षीय धर्बेन्द्र शर्मा रहेको प्रहरीले जनाएको छ।

महादेवा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ उनलाई प्रकाउ गरेको हो। तार बनाई ल्याएको अवस्थामा बिल नभएको ९४ तोला चाँदीसहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

Advertisement

पक्राउ परेका शर्मालाई चाँदीसहित आवश्यक कारबाहीका लागि मूल भन्सार कार्यालय रानी विराटनगर पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top