पोखरामा आज एमाले अधिवेशन, माछापुछ्रेमा स्थगित

९ कात्तिक ७८, बुधबार

१० कार्तिक, काठमाडौं ।

मोरङको रतुवामाई नगरपालिका–३ छालगाछीबाट प्रहरीले ९४ तोला चाँदीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही स्थानका ३० वर्षीय धर्बेन्द्र शर्मा रहेको प्रहरीले जनाएको छ।

महादेवा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ उनलाई प्रकाउ गरेको हो। तार बनाई ल्याएको अवस्थामा बिल नभएको ९४ तोला चाँदीसहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका शर्मालाई चाँदीसहित आवश्यक कारबाहीका लागि मूल भन्सार कार्यालय रानी विराटनगर पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ।बपोखरा । दशौँ महाधिवेशन अन्तर्गत कास्कीका तीन पालिकामा अधिवेशन भएको छ । दुईवटामा स्थगित भएको छ ।

अन्नपूर्ण गाउँपालिकामा विवेक देवकोटाको अध्यक्षतामा कार्यसमिति सर्वसम्मत चयन भएको छ । यहाँ ५ जनाले अध्यक्षमा उम्मेद्वारी दर्ता गराएका थिए ।

पालिका उपाध्यक्ष सगुन गुरुङ, वडाध्यक्ष चन्द्रबहादुर गुरुङ, नेताहरु गौरी सुवेदी, सोमनाथ पौडेल उम्मेदवार थिए । आन्तरिक रुपमा अन्य नेतालाई माथिल्ला तहमा समायोजन गर्ने सहमतिपछि नेतृत्व चयन भएको हो । समितिको उपाध्यक्षमा मिना गुरुङ, सचिव मदनप्रसाद पौडेल तथा उपसचिवमा दानबहादुर केसी र विराज सुवेदी चयन भएका छन् ।

मादीमा बालकृष्ण गुरुङको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । हरिबोल गौतम र पसबहादुर बास्तोलाले समेत अध्यक्षमा दावी गरेका थिए । उनीहरुलाई अन्य पदमा मिलाउने गरी सहमति जुटाइएको हो । मादीको उपाध्यक्षमा एकाजंग गुरुङ, सचिवमा सुवास सापकोटा, उपसचिवमा राजु अधिकारी र प्रतिक्षा पौडेल चयन भएका छन् ।

रुपामा पनि पूरानै अध्यक्षलाई निरन्तरता दिइएको छ । सहबक्स मियाँ नयाँ कार्यसमितिको अध्यक्ष बनेका छन् । वडा नम्बर ५ का सदस्य दामोदर घिमिरेले पनि दावी गरेका थिए । समितिको उपाध्यक्षमा निलकण्ठ रेग्मी, सचिव टेकबहादुर गुरुङ तथा उपसचिव बलबहादुर श्रेष्ठ र सोम सुनारी चयन भएका छन् ।

माछापुछ्रेमा स्थगित, पोखरामा आज

पोखरा महानगरपालिका र माछापुच्छ्रे गाउँपालिकामा अधिवेशन स्थगित भएको छ । माछापुछ्रेमा पदाधिकारीमा धेरैले आकांक्षा पेस गरेका छन् । सदस्य सर्वसम्मत भए पनि पदाधिकारीमा सहमति नजुट्दा स्थगित गरिएको छ ।

अध्यक्षमा चार जनाले दावी गरेका छन् । विक्रम गुरुङ, पानबहादुर क्षेत्री, महेश्वर दवाडी र यदुराम अधिकारीले मनोनयन दर्ता गराएका हुन् । उपाध्यक्षमा सूर्य गुरुङ, कृष्णकुमारी पौडेल दवाडी, षडानन्द गौतम र केशव पोखरेल, सचिवमा दुर्गाबहादुर क्षेत्री, अनुप गुरुङ, सुनिल गौतम र बालकृष्ण अधिकारी तथा उपसचिवमा ऋषि गौतम, राधिका अधिकारी र बलराम अधिकारी उम्मेदवार बनेका छन् ।

पोखरामा पनि आकांक्षी धेरै भएका कारण मंगलबार सहमति जुट्न सकेन । आज १० बजेदेखि अधिवेशन प्रक्रिया सुरु हुँदै छ । पोखराको नेतृत्वका लागि हालका अध्यक्ष दीपक पौडेल, तेजनारायण अधिकारी, दिलिप पौडेल र संजीवबहादुर कोइरालाले दावी गरेका छन् । अन्य पदमा पनि धेरैको आकांक्षा छ । सबै आन्तरिक लविङमा लागेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top