काठमाडौंका एसएसपीको सरुवामा ‘चलेखल’

९ कात्तिक ७८, बुधबार

१० कार्तिक, काठमाडौं ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहको काज सरुवा भएर तत्काललाई रोकिएको पाइएको छ।

गृहमन्त्री बालकृष्ण खाँणले एसएसपी सिंहलाई परिसर काठमाडौंबाट भैरहवा विमानस्थल सुरक्षा कार्यालयमा काज सरुवा गरेका थिए।

काठमाडौं परिसरको जिम्मा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) मा कार्यरत रहेका एसएसपी सुदिप गिरीलाई दिइएको थियो। यसरी गुपचुप रहेको उक्त काज सरुवाको निर्णय तत्काल कार्यान्वयन नहुने भएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो।

एसएसपी सिंहले काठमाडौं परिसरको कमाण्ड सम्हालेको आउँदो मंसिर ५ गते एक वर्ष पुग्दैछ। एक वर्ष पुग्न केही दिन बाँकी छँदै बिना कारण सरुवा गर्दा नराम्रो सन्देश जाने भन्दै तत्काललाई काज सरुवा रोक्न भन्दै गृहमन्त्रीलाई दबाब आएपछि तत्काल काज सरुवा कार्यान्वयन नहुने भएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो।

गृहमन्त्री खाँणले गरेको उक्त काज सरुवा तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री शेरबहादुर देउवाले समेत निर्देशन दिएकाले तत्काललाई सरुवा रोकिएको स्रोतको भनाइ छ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top