बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले राजीनामा दिँदै

१० कात्तिक, हेटौंडा ।

Advertisement

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने भएकी छन् । प्रदेशसभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुने दिन राजीनामा घोषणा गर्न लागेकी हुन् ।

बुधबार प्रदेश सभा बैठकलाई सम्बोधन गरेर उनले राजीनामा दिने शाक्य मन्त्रिपरिषद्का एक मन्त्रीले जानकारी दिए। ‘उहाँले विश्वासको मतको प्रस्तावमा मतदानअघि नै मार्गप्रशस्त गर्न लाग्नुभएको हो’, ती मन्त्रीले भने।

Advertisement

भदौ २ मा मुख्यमन्त्रीमा नियुक्त भएकी शाक्य नेकपा एमाले विभाजनपछि अल्पमतमा छिन्। बागमती प्रदेश सभामा १०९ सदस्य छन्। मुख्यमन्त्री शाक्यले विश्वासको मत जुटाउन ५५ जना सांसद आवश्यक पर्थ्यो। हाल सत्तारूढ नेकपा एमालेसँग ४३ जना सांसदमात्र छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top