प्रधानन्यायाधीशलाई महाअभियोग लगाऊ : बृहत नागरिक आन्दोलन

१० कात्तिक, काठमाडौं ।

Advertisement

बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन आग्रह गरेको छ ।

बुधबार विज्ञप्ति जारी गर्दै बृहत नागरिक आन्दोलनले प्रधानन्यायाधीश जबरा न्यायपालिकाको नेतृत्व गर्न असक्षम भएको भन्दै महाअभियोग लगाउन दलहरुको ध्यानाकर्षण गराएको हो ।

Advertisement

विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान संकट निदानका लागि जागृत बार एशोसिएसनहरू, पूर्व प्रधानन्यायाधीशहरू, वरिष्ठ अधिवक्ताहरू, न्यायाधीश समाजको आह्वानलाई समर्थन गर्दै हामी न्यायपालिकाको नेतृत्व दिन अक्षम प्रधानन्यायाधीश जबरामाथि महाअभियोग लगाउन राजनीतिक दलहरूको ध्यानाकर्षण गर्दछौं ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top