चीनले अफगानिस्तानलाई ६० लाख अमेरिकी डलर बराबरको सहयोग गर्ने

९ कात्तिक ७८, बुधबार

१० कात्तिक, एजेन्सी।

Advertisement

दोहामा चीनसँग उच्चस्तरीय वार्ता भएको एक दिनपछि मङ्गलबार बेइजिङले अफगानिस्तानलाई ६० लाख अमेरिकी डलर बराबरको थप मानवीय सहायता दिने वचन दिएको अफगानिस्तानको तालिवान सरकारले जनाएको छ ।

तालिबानका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले चीनको सहायता औषधी र खाद्यान्नको लागि प्रयोग गरिने बताउनुभएको टोलो समाचार संस्थाले उल्लेख गरेको छ ।

Advertisement

तालिवानका उपप्रधानमन्त्री मुल्लाह बारादर र चिनियाँ विदेशमन्त्री वाङ यीबीच दोहामा भएको दोस्रो सार्वजनिक भेटवार्तापछि यस्तो घोषणा गरिएको हो । दुवै पक्षले अफगानिस्तानको राजनैतिक र आर्थिक स्थितिबारे छलफल गरेको कुरा मुजाहिदले पत्रकार सम्मेलनमा बताएको खामा प्रेस न्यूज एजेन्सीले लेखेको छ ।

वाङ यीसँग सोमबार भएको भेटमा मुल्ला बारादरले अफगान तालिबानले चीनको सुरक्षा चिन्तालाई ठूलो महत्व दिएको बताएका थिए । वाङले तालिबानले खुलापन र सहिष्णुताको थप प्रदर्शन गर्ने, देशका सबै जातीय समूहहरूलाई एकजुट भएर शान्तिपूर्ण पुनर्निर्माणका लागि सँगै काम गर्ने विश्वास व्यक्त गर्नुभएको चिनियाँ सञ्चारसंस्था ग्लोबल टाइम्सले आफ्नो समाचारमा लेखेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top