विश्व तापक्रमलाई १.५ सेन्टिग्रेडमा सिमित राख्न अहिलेभन्दा सात गुणा बढी उत्सर्जन कटौति गर्नुपर्ने

९ कात्तिक ७८, बुधबार

१० कात्तिक, पेरिस।

Advertisement

विश्वले तापक्रमलाई १.५ सेन्टिग्रेडको सिमामा राख्न हो भने विश्वव्यापी कार्बन उत्सर्जन कटौतीलाई विश्व समुदायले वर्तमान योजनाभन्दा सात गुणा बढी कम गर्न आवश्यक रहेको राष्ट्रसंघले मङ्गलबार बताएको छ ।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमले यहि गतिमा अघि बढेमा अहिलेका राष्ट्रिय प्रतिबद्धताहरूले सन् २०३० को उत्सर्जन स्तरबाट ७.५ प्रतिशत अंश मात्र कम गर्ने प्रक्षेपण गरेको छ ।

Advertisement

तर पेरिस सम्झौताको तापक्रम लक्ष्यमध्ये सबैभन्दा महत्वाकांक्षी तापक्रम १.५ सेन्टिग्रेडसम्म राख्न ५५ प्रतिशत कटौती आवश्यक भएको कुरा जनाएको उक्त संस्थाले विश्व नेताहरूलाई स्मरण गराएको छ ।

संयुक्त राष्ट्रसंघीय जलबायु परिवर्तन नियन्त्रणका लागि २६ औ विश्व सम्मेलनका आयोजकहरूको भनाइअनुसार देशहरूले आफ्नो अर्थव्यवस्थालाई कार्बनवियोजन गर्ने दोब्बर प्रतिज्ञा मार्फत १.५ सेन्टिग्रेड लक्ष्यको लागि पृथ्वीलाई मार्गमा राख्न प्रतिबद्ध रहेको बताएका छन् ।एएफपी

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top