×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

खोप दरबन्दी कटौती नगर्न माग

१८ श्रावण २०७५

काठमाडौँ, साउन १८
आमा र शिशु स्वास्थ्यसित प्रत्यक्षरुपमा जोडिएको अति संवेदनशील क्षेत्र खोपसम्बन्धी दरबन्दी कटौती नगर्न स्वयं स्वास्थ्यकर्मीले माग गरेका छन् । संघीय संरचनाअनुसार हालै स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ कर्मचारी संरचनामा खोप कार्यक्रमसित सम्बन्धित दरबन्दी कटौती गरेको थियो ।

बाल स्वास्थ्य र आपूर्ति महाशाखाअन्तर्गतका खोप सुपर अधिकृत, खोप सुपरभाइजर, कोल्डचेन अधिकृत, मेकानिकल इञ्जिनियरलगायत चार जना दरबन्दी रहने व्यवस्था रहिआएको थियो । मन्त्रालयले ती पद कटौती गरेपछि स्वास्थ्यकर्मीले त्यसो नगर्न माग गरेका हुन् ।

Advertisement
Advertisement

खोप सुपरभाइजर अधिकृत ओम उपाध्यायले आमा र शिशुको स्वास्थ्यसित जोडिएका दरबन्दी कटौती गर्ने निर्णयमा पुनरावलोकन गर्न आग्रह गरे । विसं २०३५ को दरबन्दीलाई विसं २०४८ मा पुनरावलोकन गरी वृद्धि गरिएको थियो ।

नेपालमा विसं २०२४ मा पहिलो पटक विफर उन्मूलन कार्यक्रम लागू भएको थियो । यसको १० वर्षपछि विसं २०३४ मा विफर उन्मूलन भएपछि विसं २०३५ मा विस्तारित खोप कार्यक्रम अगाडि बढेको थियो । तीन वटा खोपबाट शुरु भएको खोप कार्यक्रम हालसम्म आइपुग्दा ११ प्रकारका खोप बालबालिकालाई लगाइन्छ ।

स्वास्थ्यकर्मीको एक प्रतिनिधिले उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई भेट गरी खोपसित सम्बन्धित दरबन्दी कटौती नगर्न माग गरेको खोप सुपरभाइजर अधिकृत उपाध्यायले जानकारी दिए ।

Advertisement

स्वास्थ्य मन्त्रालयले विश्व स्वास्थ्य संगठन र युनिसेफको मापदण्डअनुसार खोप भण्डारण तथा व्यवस्थापन गर्ने गर्दछ । खोप कार्यक्रमलाई प्रभावकारी बनाउन खोप ऐन तथा नियमावली कार्यान्वयनमा रहेको छ ।
(रासस)

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top