×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

टी–ट्वान्टी विश्वकप : नामिबियाद्वारा स्कटल्यान्ड पराजित

११ कार्तिक २०७८

११ कार्तिक, काठमाडौं ।

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत नामिबियाले विजयी सुरुवात गरेको छ। आबुधाबीमा बुधबार राति सम्पन्न खेलमा स्कटल्याण्डलाई पराजित गर्दै नामिबियाले विजयी सुरुवात गरेको हो।

Advertisement
Advertisement

स्कटल्याण्डलाई ४ विकेटले पराजित गर्दै नामिबियाले विश्वकपको सुपर १२ मा पहिलो पटक जित निकालेको हो। नामिबिया पहिलो पटक विश्वकपको सुपर १२ प्रवेश गरेको हो।

स्कटल्याण्डले दिएको १ सय १० रनको लक्ष्य नामिबियाले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्यो। नामिबियाको जितमा जेजे स्मिथले अविजित ३२ रन बनाए। यस्तै क्रेग विलियम्सले २३, माइकल भानले १८ तथा डाविड बिएसले १६ रन जोडे।

स्कटल्याण्डका माइकल लास्कले दुई तथा क्रिस ग्रेभ्स, ब्राड ह्विल, मार्क वाट र साफ्यन शारिफले समान १÷१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९ रन बनाएको थियो।

स्कटल्याण्डका लागि माइकल लास्कले ४४ रन तथा क्रिस ग्रेभ्सले २५ रन जोड्दा म्याथ्यु क्रसले १९ रन बनाए।नामिबियाका रुबेन ट्रम्पेलमानले ३ तथा जान फ्राइलिंकले २ विकेट लिए।

Advertisement

जितसँगै समूह २ को नामिबियाले १ खेलमा २ अंक जोडेको छ। स्कटल्याण्डको यो लगातार दोस्रो हार हो।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top